असल कर्मबाट मान्छेको जीवन सफल हुन्छ । विवेकानन्द यही महान् चिन्तनबाट प्रेरित हुनुहुन्थ्यो । उहाँले सामाजिक असमानताको विरोध गरी समाजको उन्नति र प्रगतिका लागि काम गर्नुभयो । त्यसैले उहाँको जीवनबाट छुवाछुत, सतीप्रथा, बालविवाह, नारी तथा पुरूषमा विभेद गरिने परम्पराको विरोध गर्नुपर्छ भन्ने प्रेरणा पनि पाइन्छ । आफ्नो देश र जाति तथा गुरूप्रति सदा श्रद्धा गर्नुपर्छ र राष्ट्रनिर्माणमा सबै नागरिक एक हुनुपर्छ, परोपकार र राष्ट्रको उन्नतिमा आफूलाई समर्पित गर्न सक्नुपर्छ । आफ्नो धर्म, संस्कृतिको उत्थानमा मन, वचन र कर्मले नै प्रवृत्त हुनुपर्छ भन्ने कुरा उहाँले जीवनभर सिकाइरहनुभयो । जुनसुकै कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्य र दायित्वबाट पन्छिनु हुन्न, स्वधर्म र स्वसंस्कृतिको विकास एवम् संरक्षणमा आफूलाई लगाउनुपर्छ भन्ने प्रेरणा पनि उहाँको जीवनबाट पाइन्छ । त्यसै गरी देश, जाति र विश्वका निम्ति जतिसुकै देन दिए पनि फलको आशा गर्नुहुँदैन भन्ने उहाँको जीवनीबाट प्रेरणा प्राप्त हुन्छ । |
Yugpurush Swami Bibekananda –
Reviews
There are no reviews yet