पनौती, रयालेमा जन्मिएका प्रदीप सापकोटा नियात्रा, कविता र समीक्षा लेखनीमा सक्रिय छन् । कानुन व्यवसाय तथा पर्यटन क्षेत्रमा आबद्ध उनी विभिन्न साहित्यिक तथा सामाजिक सङ्घ-संस्थाहरूमा नेतृत्व गर्दै आएका छन् । यात्रा गर्न औधी रुचि राख्ने उनका यसअघि ‘यात्राका इन्द्रेणी रङ’ (नियात्रासङ्ग्रह, २०७७), मनको वारपार (मुक्तकसङ्ग्रह, २०७८) प्रकाशित छन् । उनी आफू घुमेका स्थानहरूमा सरल भाषाशैलीमा लेखिएका नियात्रामार्फत पाठकहरूलाई घुमाउन सक्ने सामर्थ्य राख्छन् । यात्राका क्रममा देखेभोगेका स-साना दृश्य, घटना र अनुभूतिहरूलाई निजात्मक रूपमा रोचकतासाथ प्रस्तुत गर्न सक्नु उनको खुबी देखिन्छ । यात्राको लयमा उनले विगत सशस्त्र द्वन्द्वकालीन नेपाली समाजमा यात्राका क्रममा देखेभोगेका विद्रुप चित्रदेखि धार्मिक यात्रा र दार्जीलिङसम्मका यात्रा परिवेशलाई निजात्मक शैलीमा कैद गरेका छन् । यात्राक्रमका परिवेश, प्राकृतिक दृश्य, यात्राका कठिनतम एवं सुखद पलहरूको मिठासपूर्ण वर्णन गरेका छन् । निजात्मकताले भिजेका, गतिशीलताले भरिएका र तथ्यात्मकता समावेश गर्न सक्नु नियात्राकारको शिल्पगत वैशिष्ठ्य लाग्छ ।
Yatrako Laya – Pradip Sapkota
Yatrako Laya – Pradip Sapkota
यात्राको लय– प्रदीप सापकोटा
₨300
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet