दिपा मेवाहाङ राई प्रेमको कविता लेख्छिन् । प्रेम अर्थात् आत्मा स्वीकृतिको । प्रेम अर्थात् जीवन सङ्घर्षको । प्रेम अर्थात् पहिचानको । प्रेम अर्थात् जीवन र जगतप्रतिको । प्रेम अर्थात् प्रेमको । जीवनको आरोह-अवरोहमा अनुभूत गरेका अनेकौं चुनौतिहरू, अन्तरमनका द्वन्द्वहरू, आम मानिसभित्र आइपर्ने वाधाहरू यी सबैलाई प्रेमपूर्वक कविताको विम्बमा उतार्छिन् । उनको कविता शैली विनम्र छ, विनम्र छ र नै शालीन विद्रोही छ । कठोर अप्ठयारा वा समस्याहरूसित नभागी सकारात्मक आत्मसात् गर्ने मनोविज्ञानसहित उनका कविताहरूले मानिसहरूलाई अरू गतिशील हुन प्रेरित गर्छन् । धोकामा पनि ऊर्जा प्राप्त गराउने प्रेमिल कविताहरूको सङ्ग्रह हो – “यादको सन्दुक” । |
Yadako Sanduk – Deepa Mewahang Rai
Reviews
There are no reviews yet