Yaar – Nayan Raj Pandey (bestseller) (bestseller) |
जीवनको बहुमूल्य उपहार हो मित्रता ।
यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ ।
तर मित्रता बन्ने मात्र गर्देन, टुट्ने पनि गर्छ । यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा ।
संवेदनशीलता, कोमलता र विनम्रताका साथ उधिनिएका यी सम्झनाहरु पढ्दै गर्दा हामीलाई आफ्नै मित्रता र सम्बन्धहरुको लेखाजोखा गर्न मन लाग्छ । तर जुन इमानदारीका साथ मित्रताका “ग्रे एरिया”हरुलाई पाण्डेले चित्रण गरेका छन्, त्यसो गर्ने आँट के हामीमा होला ?
sabin.chhetri (verified) –
नयन राज पाण्डेले आफ्नो स्मृतिबाट छानेर लेखेको किताब हो “यार” । यसमा मित्रता को कथा , मित्रताको सम्बन्धमा आउने मीठास र तिक्तताको बारेमा निकै चाख लाग्दो तरिकाबाट लेखेका छन्।
रत्न बुक्सको गुणस्तरीय सेवाले यो किताब राम्रैसंग र चाडो नै मेरो हात मा आइ पर्यो। धन्यवाद रत्न बुक्सलाई