Voyage Jindagi – Udhab Rai

भोयाज जीन्दगी– उद्धव राई

500

Availability: 5 in stock

SKU: Voyage Jindagi Categories: , Tag:

धेरै कुरा सोध्न मन थियो, प्लेन छुट्ला भनेर चुपचाप भित्र छिरेँ । भरे अन्त्यमा आइन् ती महिला । ‘अनि के भनेर आउन दियो ?’ भनी सोध्दा ‘नेम लिस्टको आधारमा बल्ल-बल्ल आउन दियो’ भनिन् । मैले धेरै कुरा सोध्ने प्रयास गरेँ तर उनी खुलिनन् । काठमाडौँ आएर एयरपोर्टबाट बाहिर निस्कँदा उनीसँग न त लगेज थियो न त केही सामान नै । उनीसँग हाते ब्याग मात्र थियो । विदेश यात्राबाट उनी यसरी घर फर्कंदै थिइन् । मैले भने हेरिपठाएँ… ।
O
मलाई लाग्यो, मान्छेले मान्छे किनबेच गर्ने चलन कसरी बस्यो ! कसरी हट्यो ! कति भयावह थिए होलान् ती दिन बेचिनेहरूका लागि…. ! जो आफ्नो नजिकका र प्याराहरूलाई छोड्न नचाहँदा नचाहँदै बेचिन्थे र जान्थे कहिले नसुनेको नचिनेको ठाउँमा दास भएर, पशुको जस्तै जीवन बाँच्न, कहिल्यै नफर्किने गरी… । किनेर विकसित भएका भनिने देशले तिनको अस्मिताको मूल्य तिर्नु पर्दैन ?
0
आज म छोरीलाई यो सहरमा छाडेर जाँदै छु । म उनलाई एक अनन्त आकाशमा कावा खान छाड्दै छु । हुन सक्छ, उनी नजिकैको पहाड, रूख, जङ्गलमा ठोकिन सक्छिन् । चर्किन, टुट्न सक्छिन् । उनी उड्दा उड्दै पूर्वको प्रशान्त महासागर काटेर पारि हवाई, अमेरिकातिर पुग्न सक्छिन् वा पश्चिमको हिन्द महासागर पार गरेर अफ्रिका वा मध्यपूर्वका मरुभूमिको देशहरूमा सयर गर्न सक्छिन् । जता जाऊन्, जति गरून् अब उनैको कुरा । विमला र मैले जन्मायौँ, हुर्कायौँ । अब गुँड छाडेर हिँड्ने पनि उनैको कुरा । फर्कने नफर्कने पनि उनैको कुरा…।
Voyage Jindagi – Udhab Rai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon