भ्लादिमिर पुटिन आधुनिक दुनियाँका सबैभन्दा शक्तिशाली र प्रभावशाली राजनीतिक व्यक्ति हुन् । रूसको गुप्तचर संस्था केजीबीमा १५ वर्ष विताएका पुटिन राजनीतिसँगै चालबाजीमा पनि माहिर मानिन्छन् । १५ वर्ष गुप्तचरको रूपमा काम गरेका पुटिन सन् २००० देखि रूसको सत्तामा छन् । पछिल्ला दुई दशकदेखि उनी कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपतिको रूपमा रूसको सत्ता सम्हालिरहेकाछन् । पछिल्ला केही वर्षदेखि विश्व राजनीतिको दिशा मोडिरहेका पुटिन् सन् १९५२ मा जन्मिएका हुन् । संविधान संसोधन गरेरै राष्ट्रपतिको आफ्नो कार्यकाल लम्ब्याईरहेका पुटिनले सन् २०१४ मा क्रिमियालाई रूसमा गाभेपछि संसार एकाएक पुटिनतर्फ सोझियो । सार्वजनिक जीवनमा कमै देखा पर्ने पुटिन संसारलाई चकित तुल्याउने कदम चाल्न पनि माहिर छन् । |
Vladimir Putin – Sudhir Bhandari;Sujan Timalsena
Reviews
There are no reviews yet.