Ventilatorma Aaama – Binod Bikram KC |
झुन्ड्याउन त अस्पतालमा झुन्ड्याइएको हुन्छ , फ्लोरेन्स नाइटिङ्गेलको भव्य तैलचित्र । तर , पूजा ? पूजा त आखिर बिल गेट्सकै हुने गरेको छ यहाँ ।
डोजर हिंस्रक हुन्छ । यसले सम्पदाको बाँसुरी फुक्दैन । संस्कृतिको धीमे बजाउँदैन । यसले त विकासको दुन्दुभि बजाउँछ । मान्छेको नलीहाड फुक्छ । डोजर यस युगका क्रिस्टोफर कोलम्बसहरूको वाहन हो । बसलाई म ग्यास च्याम्बर देख्छु । बसलाई म ग्यास च्याम्बर भन्छु । छ – पाङ्ग्रे ग्यास च्याम्बर । हजारौं ग्यास च्याम्बर सञ्चालन गरेको थियो , नाजी जर्मनीले । भनिन्छ- हिटलर ग्यास च्याम्बर निरीक्षण गर्न कहिल्यै गएन । यो देशका शासक पनि त बस चढ्दैनन् । बेग्लै जगत् निर्माण गर्ने सपना देख्ने मान्छे बाटैमा हुन्छ । बाटैमा हुनुको मतलब गन्तव्य उन्मुख हुनु पनि हो । बाटैमा नभएपछि यात्रामा पनि सामेल भइँदैन । बाटैमा हुन साहस चाहिन्छ । बाटैमा टिकिरहन हिम्मत चाहिन्छ । म भीडको यादले आक्रान्त छु । भीडलाई ‘ मिस ‘ गरिरहेको छु । भीडको हिस्सा हुन तपिरहेको छु । मलाई मान्छेका हूल , तिनका कोलाहल , सङ्घर्ष , दुःख र सचेत प्रयत्नहरूको न्याम्रो लागेको छ । म तीबाट छुटेर अधुरो भएको छु । म सबै -सबैलाई एकफेर अङ्कमाल गर्न चाहन्छु । |
Reviews
There are no reviews yet.