Vedvedangako Parichaya – Narayan Batsa

वेदवेदाङगको परिचय– नारायण वत्स

400

Availability: 1 in stock

SKU: Vedvedangako Parichaya Categories: , Tags: ,

वेद अनादि, अपौरुषेय र नित्य भएकाले यसलाई आस्तिक सिद्धान्त भएका सबै पौराणिक, साङ्ख्य, योग, मीमांसा र वेदान्तका दार्शनिहरूले स्वतः सिद्ध प्रमाण मान्दछन्। न्याय र वैशेषिक दार्शनिकहरूले वेदलाई अपौरुषेय मानेका छैनन् । तिनीहरू पनि वेदहरूलाई परब्रह्मबाट उत्पन्न भएको मान्दछन् । यी दुवै शाखाका दार्शनिकहरूले वेदलाई सबैभन्दा ठूलो प्रमाण मानेका छन् र शब्द उच्चारणको सिलसिलालाई सृष्टिको आरम्भदेखि अहिलेसम्म अविच्छिन्नरूपले प्रवृत्त मानेका छन् ।
वेद मनुष्यले रचना गरेको हो वा ईश्वरले रचना गरेको हो भन्ने अत्यन्तै महत्त्वपूर्ण प्रश्नको जबाफ ऋग्वेद (१.१६४.४५) मा दिइएको छ । त्यहाँ बताइएअनुसार वेद परब्रह्मको मुखबाट निस्किएको अर्थात् परावाक् हो तथा अनादि र सनातन छ । यो अपौरुषेय अथवा ईश्वरबाट रचना भएको हो ।
आर्यहरूका दर्शनशास्त्रको मतअनुसार शब्दलाई सनातन बताइएको छ । वेदले शब्दलाई सनातन मान्दछ। यसबाट वेद अपौरुषेय भएको सुनिश्चित हुन्छ। निरुक्तकारले बताएअनुसार नियताजुपूर्व्यानियतवाचो युक्तयः अर्थात् शब्द सनातन छ, त्यसको सिलसिला सनातन छ र त्यसको उच्चारणपद्धति पनि सनातन छ । यसकारण वेदको अर्थ सनातन छ। यसप्रकारको वेदको रचना परब्रह्मबाटै भएको हो ।
ॐ परब्रह्म परमात्मा सत्य हुनुहुन्छ । ब्रह्माको दिनको दोस्रो आधा भागमा, श्वेतवराहकल्पको वैवस्वत मनुको समयमा जम्बुद्वीपको भरतखण्डमा आर्यावर्त देशअन्तर्गत फलानो क्षेत्रमा, कलियुगको प्रथम चरणको अमुक अथवा फलानो महिना, पक्ष, तिथि र फलानो दिन फलानो गोत्रमा उत्पन्न भएको फलानो शर्मा, वर्मा, अथवा गुप्ता म श्रीपरमेश्वरको प्रसन्नताका लागि प्रातः मध्याह्न अथवा सन्ध्याकालीन सन्ध्याकर्म गर्दछु ।
Vedvedangako Parichaya – Narayan Batsa

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon