वेदलाई वैदिक हिन्दू धर्मावलम्बीहरूले सम्पूर्ण धर्म, दर्शन, संस्कार, संस्कृति, विद्या, ज्ञान र विज्ञानको पनि मूल स्रोत `मान्दछन् । कसैले नलेखेको (अपौरुषेय), अति प्राचीन कालमा ऋषि-ऋषिकाहरूले देखेको, ईश्वरीय एवं सर्वोपरि ग्रन्थका रूपमा यसको प्रतिष्ठा रहिआएको छ । वेदका एउटै शब्द, एउटै अक्षर पनि नबदलिई पुस्तौँ पुस्तासम्म हस्तान्तरण भइआएको छ । आधुनिक समयमा पनि संसारका धेरै अध्येता, शोधकर्ता, वैज्ञानिक तथा सर्वसाधारणको वेदप्रति जिज्ञासा रहेको पाइन्छ । यो पुस्तकमा वेद बारे अत्यधिक सोधिने ३० वटा प्रश्नहरूको उत्तर दिइएको छ । यो सानो आकारको पुस्तकमा वेद र वैदिक ज्ञान परम्परा बारे थाहा पाउनै पर्ने आधारभूत जानकारी समेटिएको छ । वेद, वेदका अन्तर्वस्तु तथा अङ्ग-उपाङ्ग, वैदिक दर्शन एवं ज्ञान परम्परा बारे आधिकारिक ज्ञानका लागि यो पुस्तक उपयोगी छ । वेदको सामान्यज्ञान (General Knowledge on Veda) नेपाल र समग्र भारतवर्षको मौलिक ज्ञानको अध्ययनका लागि कुञ्जी हो ।
Vedko Samanyagyan – Nirmalmani Adhikari Upadhyaya
Vedko Samanyagyan – Nirmalmani Adhikari Upadhyaya
वेदको सामान्यज्ञान– निर्मलमणि अधिकारी उपाध्याय
₨335
Availability: 2 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet