सङ अफ द स्वयल (फातसुङ) उपन्यासका लागि भारतको प्रतिष्ठित जेसिबी प्राइज फर लिटरेचर २०२२ मा सर्टलिस्टेड लेखक
उरमाल झर्रा आदिवासी कथा हो । चियाको बोटसँग माया साटेर पुस्तौंदेखि धरमराइरहन विवश श्रमिकहरूको उच्छ्वासको कथा हो । खासमा यो ती कमानेहरूको सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजार छन् । तर जिन्दगीमा चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन ।
उरमालभित्र थुप्रै पात्र छन् । र छन्, तिनका आआफ्ना कथा र व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ, जसरी मालामा फूलका थुङ्गा उनिन्छ । यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैँमा पूर्ण छन् । यीमध्ये केही कथा दशकअधिका छन् । केही ब्रिटिसकालीन समयका छन् 1 केही लोककथाबाट सापटी लिइएका छन् । यी कथामार्फत लेखकले चिया कमान त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन् ।
कथा कोलाज झैं लाग्ने यो महत्त्वाकाङ्क्षी उपन्यास हो । यसको गहिराइ, विस्तार, शिल्प र काव्यिक लयले तपाईलाई चकित पार्नेछ ।
Urmaal – Chuden Kabimo
Best Seller
Urmaal – Chuden Kabimo
उरमाल– छुदेन काविमो
₨698
Availability: 4 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet