यस पुस्तकले उदयपुरको गुमनाम प्रागैतिहासिक महत्त्वका विषय वा भाग्नावशेषहरूलाई उजागर गर्ने कार्य मात्र गरेको छैन, बरू बहस र विमर्शका लागि थप नयाँ आधारस्तम्भ तयार गरिदिएको छ । सिन्धुघाटी वा हडप्पाको सभ्यतासँग सामीप्यता राख्ने तिरूवा (तिर्जुगा) सभ्यताको दाबी कम घत लाग्दो छैन । यसलाई पुष्टि गर्ने आधारका रूपमा भर्खरै भेटिएको लिपिलाई अघि सारिएको छ जसलाई तिरूवा लिपि नामाङ्कन गरिनुपर्ने लेखकको जिकिर छ ।
तिरूवा (तिर् ‘वेगवान’ + वा ‘पानी) बाट अपभ्रंश हुँदै तिर्जुगा वा त्रियुगा भएको भन्ने कुरा पनि भाषावैज्ञानिक दृष्टिकोणले निकै चाखलाग्दो छ । यो शब्दको व्युत्पत्ति र अर्थविज्ञानका हिसाबले हेर्दा किराती भाषासँग मिल्ने मात्रै होइन, प्राचीन किरात सभ्यताको विरासतका रूपमा तिरूवा सभ्यता थियो भनेर आँकलन गर्न सकिन्छ ।
उदयपुरको ऐतिहासिकीलाई मूलतः उदयपुरगढी, चौदन्डीगढी आदिसँग मात्र जोडेर हेर्ने गरिन्थ्यो तर, यसअघि अभिलेखका रूपमा वा प्राज्ञिक बहसमा नआएका हेरनाहपथरागढी, कोल्टेगढी, टङ्केला गुफा वा मौर्यकालीन मुद्राजस्ता पुरातात्त्विक महत्त्वका तथ्यहरूलाई समेत यस पुस्तकले बाहिर ल्याएको छ ।
डा. तारामणि राई त्रिभुवन विश्वविद्यालय
लेखकले यस पुस्तकमा उदयपुरको प्राचीन, मध्य तथा आधुनिक कालको चित्रण गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक अवस्थाको जानकारी दिएका छन् । विशेष गरी किरात देश, सेनवंशी राजवंश, चौदन्डी र विजयपुर लगायत किरात राज्य व्यवस्थाको बारेमा जानकारी एकत्रित गर्दै नेपाल एकीकरणपछिका प्रमुख घटनाक्रमलाई समेत उल्लेख गरेका छन् ।
Udayapurko Itihas – Kaushal Chemjonga
Reviews
There are no reviews yet