उच्छेदन भुटानले भन्ने गरेको दक्षिणको समस्यामा केन्द्रित छ। दक्षिण भुटान केन्द्रित भए पनि त्यो समस्या राष्ट्रिय समस्या थियो । माटो, स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा आवाज उठाउँदा राज्यको दमनमा परी कसरी त्यहाँका नेपाली भाषी नागरिकले देशबाट उच्छेदित हुनु पर्यो भन्ने कुरा उपन्यासमा पढ्न पाइन्छ। उपन्यासकार स्वयम् नै भुटानको निरङ्कुशता र विभेदकारी नीतिको भोक्ता, सन् १९९० को प्रजातान्त्रिक आन्दोलनका साक्षी र उच्छेदनमा परेका पात्र हुन् । त्यसो भएको हुँदा उपन्यासमा आएका घटना र पात्रहरु प्राथमिक अभिलेख हुन् । उपन्यासका घटना र पात्रहरु भुटानको सीमाभित्र मात्रै सीमित छैनन्, तिनको आयतन फैलिएर भारत र नेपालसम्म आइपुगेको छ । सारमा, यो उपन्यास राजनीतिको मारमा परेर राज्यविहीन बनाइएका मानिसहरुको कथा हो जुन कथाभित्र मानवीय पीडा र दर्दका कहिल्यै निको नहुने घाउहरु छन् । – शिवलाल दाहाल |
Uchchhedan – Dilliram Sharma
Reviews
There are no reviews yet