Shop Online For Books | Stationery | Fashion | Gift Items

Tyo Nepal – Dadi Sapkota

650

Availability: 5 in stock

सन् १९४९ मा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भए पनि फ्रान्को-नेपाल सम्बन्धबारे धेरै तथ्य उद्घाटित थिएनन् । व्यक्तिगत वा निजी विभिन्न कारणले सयौं फ्रान्सेली उच्चपदस्थ व्यक्तित्वले नेपाल भ्रमण भने गरिरहे । नेपाल आएर उनीहरूले दरबार र देशको उच्च ओहदाका व्यक्तिसँग निकट सम्बन्ध बनाएर हाम्रा विभिन्न भित्री पाटोका रहस्य बुझिरहे ।
नेपाल र नेपालीसँग विशेष सम्बन्ध गाँसिएका फ्रान्सेलीले कतै आफैँले भोगे त कतै अनुसन्धानबाट विविध ज्ञान लिए । तर ती अनुसन्धानको निचोड र भोगाइलाई कसैले लिपिबद्ध गरेन । पुस्तक त्यो नेपालमा भने लेखक ददि सापकोटाले फ्रान्सेली मानवशास्त्री, सङ्गीतकार, फिल्म निर्देशक, राजनीतिज्ञ, कूटनीतिज्ञ, वैज्ञानिक, पाइलट, हिमाल आरोही, इतिहासकार, लेखक, पर्यटनविद्, कलाकर्मीलगायत सबैलाई अटाएका छन् ।
नेपालका विविध क्षेत्रलाई कर्मथलो बनाएका २९ जना चर्चित फ्रान्सेलीको धारणा र विचार प्रस्तुत यस पुस्तकमा तिनले नेपालका विविध क्षेत्रबारे रहस्यसमेत खोलिदिएका छन् । पुस्तक पढिरहँदा कतै नेपालीले आफ्नै माटोमा युगौंसम्म अनुभव नगरेका अनुसन्धानको प्रस्फुटन भेटिन्छ त कतै अहो हाम्रो नेपालमा यस्तो पनि छ र भन्ने आश्चर्यमा पुगिन्छ ।
बाहिरी जगत्का लागि बन्द रहेको नेपालमा त्यति बेला राजदरबारका पात्र विदेशीका लागि कसरी खुला थिए, आम नेपाली र नेपालीको पहुँच बाहिर रहेको हाम्रो शाही परिवार, उच्च घरानियाँ र प्रशासक कसरी विदेशीको पहुँचमा थिए भन्ने रहस्यको उद्घाटन पनि हो, त्यो नेपाल ।

Tyo Nepal – Dadi Sapkota

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon