Shop Online For Books | Stationery | Fashion | Gift Items

Tripurarahasyam – Kamal Prasad Dhungana

त्रिपुरारहयम्– कमलप्रसाद ढुङ्गाना

795

Availability: 5 in stock

अष्टावक्रको कुरा सुनेर तापसी पुनः बोलिन् – मुनिपुत्र ! तिम्रो भनाइ एकदम ठिक हो । यो यथार्थ र सर्वसम्मत पनि छ । एकातिर तिमीले भन्यौ कि उसलाई कसैले जान्दैन, यसकारण कि त्यो पद अवेद्य (नजानिने) हो । अर्कोतर्फ तिमी नै भन्छौ कि त्यसलाई जानेपछि साधकले अविनाशी पद प्राप्त गर्छ । अब तिमीनै भन कि यी दुई कुराको संगति कसरी हुन्छ ? यदि यो नजानिने विषय हो भने भन कि म यसलाई जान्दिन, अथवा यस्तो पद नै हुँदैन । यदि त्यस्तो पद छ भने र तिमी त्यसलाई जान्दछौ भने जान्न नसकिने भनेर नभन । ब्राह्मण देवता ! यसबाहेक तिमीले त यस कुराको शास्त्रका दृष्टिले कल्पना गरेका छौ । यसको प्रत्यक्ष अनुभूति त तिमीलाई भएको रहेन छ । यसर्थ यो तिम्रो अनुभूतिजन्य ज्ञान ता होइन । जब तिमी सारा प्रतिबिम्ब यिनै आँखाले जस्ताको त्यस्तै देख्छौ भने तिनको आधारभीत ऐनालाई त्यसैगरी अनुभव किन गर्दैनौ ? राजा जनकका अगाडि यत्रो महासभामा यस्तो सिङ न पुच्छरको कुरो बोल्दा पनि आफूलाई तिमी पराजित भएको मान्दैनौ ?
तापसीको कुरा सुनेर अष्टावक्र हतप्रथ भए । मुखबाट एक वचन पनि निस्केन । सकपकाएर लज्जित भए ।
Tripurarahasyam – Kamal Prasad Dhungana

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon