Shop Online For Books | Stationery | Fashion | Gift Items

Tribenidekhi Mukttinathasammaka Loknrityaharu – Mukunda Sharma

350

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Tribenidekhi Mukttinathasammaka Loknrityaharu (RBD) Categories: , Tags: ,

Tribenidekhi Mukttinathasammaka Loknrityaharu – Mukunda Sharma |

त्रिवेणीदेखि मुक्तनाथसम्मका लोकनृत्यहरू : सन्दर्भ गण्डकी प्रदेश पुस्तक महत्त्वपूर्ण अनुसन्धानात्मक कृति हो । नेपाली लोकसाहित्यका सुपरिचित अनुसन्धाता डा. मुकुन्द शर्माबाट कोरोनाकालको कठिन अवस्थामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सामग्री सङ्कलन गरी गरिएको अनुसन्धान कार्यबाट यो पुस्तक तयार गरिएको छ। यस प्रदेशका तराई, पहाड र हिमालमा बसोबास गर्ने विभिन्न भाषिक-सांस्कृतिक समुदायमा प्रचलित नृत्यहरू र ती नृत्यका साथ गाइने गीतहरूको समेत वर्णन यस ग्रन्थमा गरिएको छ। यसले बहभाषिक नेपालको गण्डकी प्रदेशका विभिन्न जातजातिको बहसांस्कृतिक चरित्रको सुन्दर उदाहरण प्रस्तुत गरेको छ। धेरै जसो नृत्यको वर्णनका साथ फोटो पनि रहेकाले ती नृत्यका विशेषताको बोध गर्न पाठकलाई अझ सजिलो भएको छ। आख्यानबद्ध र आख्यानमुक्त दुवै थरी नृत्यहरूको चर्चा यसमा भएको छ र कतिपय नृत्यका साथ प्रस्तुत हुने पाठको समावेश गरी विभिन्न नृत्यहरूको विवेचनाका क्रममा तिनको प्रस्तुतिका अवसर, सहभागिता, बाजा र वेशभूषाका बारेमा पनि चर्चा गरिएको छ।
यी नृत्यहरूमा विभिन्न भाषाको प्रयोग गर्दा तिनका निजी विशेषताको अभिव्यक्ति भएको छ भने नेपाली भाषाको प्रयोग गरी विभिन्न समुदायको सहभागिता हुँदा साझा समन्वित संस्कृतिको उद्बोधन पनि भएको छ। गीत र नृत्यका माध्यमबाट नेपाली सांस्कृतिक एकताको प्रसार,सम्बर्द्धन र संरक्षण गर्ने कार्यमा गण्डकी प्रदेशको अग्रणी भूमिका अतुलनीय छ। तराई, पहाड र हिमालको ठुलो क्षेत्र अँगालेकाले यसमा सबै नृत्यहरू नसमेटिएका होलान्, समेटिएका नृत्यबारे पनि अझ बढी विवरण र विश्लेषणको संभावना होला, तर यसमा गण्डकी प्रदेशको लोक नाचबारे रूचि लिनेहरूका लागि उपयोगी सामग्री सङ्कलित भएका छन्। यस्तो महत्त्वपूर्ण कार्य सम्पन्न गरी प्रकाशित गरेकोमा अनुसन्धाता डा. मुकुन्द शर्मा र अनुसन्धान गराउने नेपाल सङ्गीत नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ तथा पदाधिकारी बधाईका पात्र छन्।
-चूडामणि बन्धु
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon