विश्वभरि छरिएका मानव समाजको निर्माण पुरुष प्रधानताका आधारमा भएको हो । यसको मार्मिक प्रस्तुति मेरो कथा ‘तिम्री स्वास्नी र मले गरेको थियो । मेरो इच्छा थियो, स्त्री-पुरूष सम्बन्धको अर्को पाटो कुनै महिला लेखकद्वारा नै लेखियोस् । सो समर्थवान् लेखक निरूपा प्रसूनद्वारा लिखित कथासङ्ग्रह ‘तिम्रो लोग्ने र मले सफलतासाथ परिपूर्ण गरेको छ ।
. मनु ब्राजाकी
नयाँ पुस्ताकी कथाकार निरूपा प्रसूनका कथामा सामाजिक र मनोवैज्ञानिक सम्बन्धको प्रस्तुति छ । कथात्मकता रुचिकर छ । यी कथामा मानवीय सम्बन्धको जिज्ञासा छ । कथामा निजत्व झल्किन्छ । .
डा. ध्रुवचन्द्र गौतम
प्रसून नयाँ पुस्ताकी साहसी कथा शिल्पी हुन् । प्रेम, यौन र मातृत्व जस्ता चुनौतीपूर्ण एवम् संवेदनशील विषयमा कलम चलाउनु उनको मूल विशेषता हो । मैले उनलाई ‘अभिषेक’ (उपन्यास) देखि पढ्दै आएको छु । यति छोटो समयमा उनको सृजनशीलतामा आएको परिवर्तन देखेर म अभिभूत भएको छु । आख्यानको विषयगत नवीनताका निम्ति भाव र शिल्पमा देखिने चरम आवेग नै उनको रचनाशील व्यक्तित्वका उल्लेखनीय पक्ष हुन् ।
नारायण ढकाल
Timro Logne Ra Ma – Nirupa Prasun
Timro Logne Ra Ma – Nirupa Prasun
तिम्रो लोग्ने रा मा – निरुपा प्रसून
₨200
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet