ती सात दिन सरल शैलीले वर्णन गरिएको गरुङ्गो विषयको कथा हो । यसमा बलात्कारजस्तो विषयलाई यसरी वर्णन गरिएको छ कि पाठकहरूलाई त्यसले पुऱ्याउने क्षति, परिणाम, आघात र पीडा त अनुभूत हुन्छ तर विषयले मनमा विरक्ति र वितृष्णा उक्ज्याउँदैन ।
यसको कथाले विषयको गहिराइलाई त वर्णन गरेको छ, मित्रता, परिवार र सम्बन्धको सुस्पष्ट व्याख्या पनि गरेको छ । पढ्नमा भन्दा सुन्नमा ज्यादा रूचि राख्ने आजको डिजिटल युगमा युवावर्गले बोलीचालीमा प्रयोग गर्ने भाषा प्रयोग गरी लेखिएको यो आख्यान एउटा नयाँ प्रयोग पनि हो । अचेल हाम्रो समाजमा युवावर्गद्वारा बोलिने भाषा बहुतायतमा प्रयोग गरिएको यस उपन्यासमा यही जेनरेसनका कुरा छन् ।
समस्या, समाधान, साथ, सम्बन्ध र सुझबुझबारे एउटा विशेष वर्गको दृष्टिकोणको बारेमा लेखिएको यस यस आख्यानले सम्बन्धहरूको आयामलाई राम्ररी केलाएको छ ।
Ti Saat Din – Sanu Sharma
Ti Saat Din – Sanu Sharma
ती सात दिन – सानु शर्मा
₨595
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet