Thigumhangma (Chhintang Jalapadevi)ko Parichaya – Bhakta Rai;Lokendrakumar Tele Rai

थिगुमहाङ्मा (छिन्ताङ जलपादेवी) को परिचय – भक्त राई; लोकेन्द्रकुमार टेले राई

225

Availability: 5 in stock

SKU: Thigumhangma (Chhintang Jalapadevi) Ko Parichaya (RBD) Categories: , Tag:

Thigumhangma (Chhintang Jalapadevi) Ko Parichaya – Bhakta Rai;Lokendrakumar Tele Rai |

भोजपुर जिल्ला साबिक भैसीपङ्खा गाविस -३ , हालको भोजपुर न.पा. १० मा पिता धनमान राई र माता वर्तमाया राईको कोखबाट वि.सं. २०२ ९ सालमा जन्मेका डा . भक्त राई भाषा , साहित्य , संस्कृति र दर्शन क्षेत्रका गम्भीर अध्येता हुन् । प्राज्ञिक लेखन र अनुसन्धानमा क्रियाशील व्यक्तित्व डा . राई प्राज्ञिक कार्यमा अनवरत , अहोरात्र खट्ने वर्तमान पुस्ताका सशक्त साधक एवम् चर्चित विद्वान् हुन् । जिल्ला खेलकुद परिषद् भोजपुरका सदस्य , सितेरियो कराते डोजो भोजपुरका संस्थापक अध्यक्ष , शार्दूल साहित्य प्रतिष्ठानका संस्थापक उपाध्यक्ष , नेपाली डायस्पोरा वाङ्मय प्रतिष्ठानका संस्थापक उपाध्यक्ष , ब्याक टु नेचर कम्पनी प्रा.लि.का संस्थापक अध्यक्ष , वञ्चित समुदायका लागि सामाजिक कार्यक्रम ( एसपिडिसी नेपाल ) का संस्थापक अध्यक्ष भएर महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका डा . भक्त राई हाल लोकवार्ता परिषद् नेपालका महासचिव र नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रका अध्यक्षका साथै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति विज्ञका रूपमा कार्यरत छन् ।

लेखक तथा अनुसन्धाता डा . राईले हालसम्म भाषा , साहित्य , संस्कृति , दर्शन तथा विश्वविद्यालयका पाठ्यक्रमका गरी लगभग दुई दर्जन जति पुस्तक प्रकाशन गरिसकेका छन् । यसरी नै भाषा , साहित्य , संस्कृति र दर्शन विषयका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी , सेमिनार तथा सम्मेलनहरूमा दुई दर्जनभन्दा बढी प्राज्ञिक कार्यपत्र प्रस्तुत गरिसकेका छन् । विभिन्न पत्रपत्रिका , पुस्तकहरूको सम्पादनसमेत गरिसकेका छन् । डा . राईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्र – पत्रिकाहरूमा पाँच दर्जनभन्दा बढी प्राज्ञिक लेख प्रकाशन गरिसकेका छन् । गीत – सङ्गीत , रङ्गमञ्च , खेलकुद तथा पत्रकारिताको क्षेत्रमा समेत दखल राख्ने विद्वान् राईले व्यक्तिगत तथा संस्थागत रूपमा विभिन्न विषयका एक दर्जनभन्दा बढी प्राज्ञिक अनुसन्धान गरिसकेका छन् ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon