प्रगति नामसँग आउने र दलित सवालका
|
गति राई नामसँग जोडिएर आउने महिलावाद र दलित सवालका विषयलाई पाठकले उनको कवितासङ्ग्रह बादी विज्ञप्ति (२०६६) मा पढिसकेका छन् । २०७० सालमा प्रकाशित उपन्यास लेखककी स्वास्नीमार्फत बृहत् रूपमा उनले तिनै विषयलाई अझ विस्तार गरेकी छन् । अहिलेसम्मका दलित आन्दोलन र महिलावादले व्याख्या गरेका सिद्धान्तभन्दा धेरै नजिकबाट सामाजिक समानताका लागि एकतर्फी प्रश्नहरूको सटीक जवाफ दिन सक्ने क्षमताले नै पाठकमाझ लेखककी स्वास्नीले आफ्नो विशेष स्थान बनायो ।
फरक-फरक विधा र शीर्षकमा उही विषयमाथि चलेको कलमले विभिन्न कोणबाट व्याख्या, विश्लेषण, नयाँ प्रयोग र परम्परालाई विनिर्माण गर्न राईको नयाँ उपन्यास थाङ्ग्रा आएको छ । प्रेम, द्वन्द्व, रहस्य आदिले परिपूर्ण लेखनशैलीमा समानता र व्यावहारिक समाज निर्माण गर्नु उपन्यासको मुख्य उद्देश्य हो । समाजमा व्याप्त छुवाछुत उन्मूलनको नवीन खोज र महिला समानताका लागि छोरीलाई वंशाधिकारको सवाल उठाउने नवीनतम आवाजमा थाङ्ग्राले आफूलाई उभ्याएको छ । फरक शैली र शिल्पसाथ आएको यस उपन्यासले जोकसैको मनमा झङ्कार उत्पन्न गर्न सक्छ ।
Thangra – Pragati Rai
Thangra – Pragati Rai
थांगड़ा – प्रगति राय
₨475
Out of stock
Restock Email Notification
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet