यो टापु उहिल्यै फूटपाथमा सुन बेच्न राख्थ्यो र छिमेकीकोमा लाम्पाते सूर्ती मागेर सल्काउँथ्यो । लामो सर्को तानेर धुंवाले छोपिन्थ्यो । सुनका पहला शिरफूल, कानफूल, रेजी, चन्द्रहार र बुलाकीमा सजिएर धाननाच, साकेलानाच नाच्थ्यो । मास्नी र सोरठीमा रमाउँथ्यो । दोहोरी र राँधीमा हराउँथ्यो । मादलको घिन्ताङमा कम्मर मर्काइ-मर्काइ नाच्थ्यो । साँझमा लालुपाते ओठले सुरिलो स्वरमा बिनायो र मुरली बजाउँथ्यो । सारङ्गी र मुर्चुङ्गामा ताल मिलाएर छम्छम् पाउजू बजाउँथ्यो । (निबन्ध) मान्छे कन्टेनर हो मसानघाट | घरको जूठेल्नोजस्तो मान्छे फाल्ने जूठेल्नो हो मसानघाट | त्यसैले, म मसानघाटमा बस्न मन पराउँछु | चिहानको साधना गर्न मन पराउँछु । मैले चिहानको साधना गर्ने क्रममा स्त्रीलाससँग सम्भोग गरेको छु । मैले स्त्रीलाससँग सम्भोग गर्दा जीवित र मृतमा एउटामात्र फरक पाएको छु । त्यो के भने जीवित स्त्रीमा तातोपन आउँछ । त्यो तातोपनले सम्भोग गर्दा अत्यन्त आनन्दको अनुभूति दिन्छ । तातोले आनन्दको राप थपिदिन्छ । तर, मृत स्त्रीमा त्यो तातोपन हुँदैन । आनन्दमा चाहिँ कुनै कमी आएको पाइनँ मैले । सम्भोग गर्दा आएको वीर्य पान गर्छ । त्यसलाई शरीरमा सेचन गरेर प्रशोधित अमृत निकाल्छु र दिमागमा पठाउँछु । त्यही अमृतको शक्तिले शरीरलाई गाइड गर्छ । सम्भोग गरिसकेपछि त्यही स्त्रीलासमाथि बसेर योगा गर्छ । (डायरी) “शिशा नचर्किउञ्जेल मात्र फुट्ला भन्ने पिर | चर्किएर धाँजा परिसकेपछि फुट्छ भनेर के डराउनु ?’ असईतिर हेर्दै भनिन् ‘मलाई जे, जसो गरे पनि मेरो गर्भ थुन्ने कानुन त छैन होला नि !” (छापा) |
Tapuka Shwarharu – Sima Abhas
Reviews
There are no reviews yet