उपन्यासकार शरद पौडेल तनहुँ शिवपुरका हुन् । सिङ्गो नेपाली समाजको परिवर्तन र समृद्धिको सपना देखेर ०३६ सालतिर शरदले कम्युनिस्ट पार्टीसँग साइनो जोडे I सँगसँगै राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई माध्यम बनाउँदै जीवनका ऊर्जाशील दुई दशक नेपाली समाजको सबैभन्दा पिँधमा रहन बाध्य पारिएका दलित समुदायको उत्थानमा खर्चे ।
मान्छे भएर पनि समाजमा मान्छेको दर्जा नपाएका दलित समुदायले भोगिरहेको उत्पीडनलाई उनले नजिकबाट नियाले । समाजका कुरिति, बेथिति, कुसंस्कारका कारण कथित अभिजात र राज्यबाटै उत्पीडनमा परेका दलित समुदायसँगको उठबसले शरदलाई यो अनुभूति गरायो- समाज रूपान्तरण गर्न नितान्त जरूरी छ ।
दलित समुदायले भोगिरहेको गहिरो उत्पीडन अनुभव गर्न शरद आफैँ पटकपटक श्वास रोकेर डुबे । श्वास लिन टाउको उठाइरहँदा मन्थन गरे, अनि जन्मियो- लिखे र तपन उपन्यास ।
दलित समुदायले २१औं शताब्दीमा पनि भोगिरहेको उत्पीडनको आर्तनाद त हुँदै हो, त्यही आर्तनादको कालो बादलमा देखिएको चाँदीको घेरा अर्थात् मुक्तिका सपनाहरूको संगालो पनि हो— लिखे र तपन ।
Tapan (Poudyal) – Sarad Poudyal
Tapan (Poudyal) – Sarad Poudyal
तपन– शरद पौडेल
₨455
Out of stock
Restock Email Notification
Weight | 0.4 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet