भाव र विचार मात्र नभएर शैली, शिल्प र भाषा संरचना सहितको पो कविता हो मानेर भारतेली नेपाली काव्य-नदीको मन्द प्रवाहमा अचानक आएको उर्लंदो सुनामी हो कवि राजा। बुद्धि भएका मानिस (होमो सेपिएन्स)-को मात्रै यो पृथ्वी पेवा हो ठानेर पर्यावरण र जीवनमाथि विनाश-लीला मच्याउने जड़ सत्ताविरुद्ध हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै स्थायी प्रतिपक्षका रूपमा उभिएका कवि राजा-को ‘तङसिङ कविता बोकेर उर्लिएको आँधीहरीको आवाज अर्थात् सुनामी कविताहरूलाई आउनुहोस् – सबैले स्वागत गरौं । वैरागी काइँला कवि, संस्कृतिविद काठमान्डु, नेपाल |
Tansing – Raj
Reviews
There are no reviews yet