झटारो एउटा सङ्केत हो, व्यङ्ग्यको । तर यो लक्ष्मण गाम्नागेका हातमा परेपछि शक्तिमा रूपान्तरित हुनपुग्छ । भाषामा सरलता, विषयवस्तुमा सारगर्भितता र शैलीमा कलात्मकताका कारण उनका हरेक व्यङ्ग्य सामान्य पाठकदेखि विद्वत्वर्गसम्ममा एकनास प्रसिद्ध र पठनीय छन् । अर्थ र बुझाइमा फरक हुन सक्छन् तर पढ्दा छोटा भए पनि पाठकलाई हरेक निबन्ध रूचिकर लाग्छन् ।
यस सङ्ग्रहभित्र समसामयिक राजनीतिका विसङ्गति र राजनीतिज्ञहरूमा बढ्दो अकर्मण्यतामाथि प्रहार केन्द्रित गरिएका व्यङ्ग्य-निबन्ध परेका छन् । प्रदूषित राजनीतिविरूद्ध नै कलम चलाए पनि यसमा निहित साहित्यिक मूल्यका कारण राजनीतिमा त्यति चासो नराख्ने पाठकले पनि यी व्यङ्ग्यहरू पढेपछि आनन्द प्राप्त गर्छन् र राजनीतिको चक्रव्यूहलाई नजिकबाट अनुभूत गर्न सक्छन् ।
विगत पाँच वर्षदेखि कान्तिपुर पब्लिकेसन्सको नेपाल राष्ट्रिय साप्ताहिकमा झटारो स्तम्भमार्फत प्रकाशित हुँदै आएका गाम्नागेका यी व्यङ्ग्यहरू तत्तत् कालखण्डको बस्तुपरक अभिलेख पनि हुन् । यस सङ्ग्रहको अर्को विशेषता के पनि हो भने झटारोभित्रका आलेखहरू भावी पुस्तालाई नेपालको राजनीतिक अवस्था चिहाउने एउटा आँखीझ्याल पनि हुनसक्छन् ।
प्रत्येक निबन्धमा विषयवस्तुको एउटा हाँगो समाएर हानिएका गाम्नागेको व्यङ्ग्यका यी झटाराले धेरैलाई ठाउँको ठाउँ खुत्रुक्क पारेका छन् र पार्ने छन् । यसमा कुनै आशङ्का छैन ।
Swaha – Laxman Gamnage
Swaha – Laxman Gamnage
स्वाहा– लक्ष्मण गाम्नागे
₨165
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.