स्व’ उपन्यासमा वर्तमान मान्छेभित्रका बेचैनी, अशान्ति, बेखुसी र अन्तर्द्वन्द्वका एक र अनेक कथाहरू छन् । आफू आफैँसँग नहुँदा र आफू आफूजस्तो नहुँदाका घटना र दुर्घटनाहरू छन् ।
मूल कथामा बौद्धमार्गप्रतिको प्रेम छ तथापि मौलिक अनुभव र अनुभूतिको बलमा आफूले आफैँलाई खोजिरहँदाका आरोह-अवरोहहरूले उपन्यासको कथानकलाई चित्ताकर्षक र बलियो बनाएको छ । उपन्यास पढ्दै गर्दा हरेक पाठकले आफूलाई उपन्यासको मात्रै होइन, अस्तित्व खोजको नायकको रूपमा पाउनेछन् ।
सरल भाषा-शैली र जादुयी शिल्पसहितको लेखनीमा उपन्यासकार सरस्वती प्रतीक्षा प्रश्न गर्छिन्-
के तपाईंले स्व’ भेट्नुभयो ?
Swa – Saraswati Pratikshya
Reviews
There are no reviews yet