Shop Online For Books | Stationery | Fashion | Gift Items

Smritima Sarjakaharu – Mohan Duwal

450

Availability: 5 in stock

SKU: Smritima Sarjakaharu (RBD) Categories: , , Tag:
मोहन दुवाल

साहित्यकार मोहन दुवाल आधुनिक नेपाली भाषासाहित्य र नेपाली साहित्यिक पत्रकारिताका महान् सेवक हुनुहुन्छ । नेपाली भाषासाहित्यप्रति उहाँको आस्था, साधना सिर्जना, समर्पण र तपस्या कुनै दीर्घसाधक तपस्वीको भन्दा कम छैन । नेपाली भाषासाहित्य र साहित्यिक पत्रकारिताका क्षेत्रमा उहाँको गतिशील कर्मयात्रा अविरल बगिरहने त्यस्तो हिमनदीको जस्तो छ, जसले कतै कडा शीतले जम्दै र कतै कडा घामले पालँदै, कतै पहराहरुमा ठोक्किंदै र कतै पहाडहरु फोर्दै, कतै खाँचहरुमा साँघुरिदै र कतै मैदानहरुमा फैलिँदै धर्ती र जीवनलाई सिँच्दै सिँच्दै समुद्रतिरको यात्रा गरिरहन्छ । भाव होस् वा अभाव, सहज होस् वा कठिन, मैले उहाँलाई हरेक परिस्थितिमा उत्साही, हिम्मती, कर्मठ, समर्पित र उत्तरदायित्वको बोध गरेर काम गर्ने भाषासाहित्यसेवीका रुपमा पाएको छु । स्मृतिमा सर्जकहरु’. उहाँको यसै साहित्ययात्राको पछिल्लो प्रशंसनीय पुस्तक हो ।
प्रस्तुत स्मृतिमा सर्जकहरु’ पुस्तकमा नेपाली भाषा-साहित्य तथा कला-सङ्गीतलगायतका विभिन्न क्षेत्रमा विशेष योगदान दिएका र हामीले श्रद्धाका साथ सम्झनुपर्ने दिवंगत सर्जकहहरुको जीवनी, व्यक्तित्व र कृतित्वको अतिसक्षिप्त परिचय दिइएको छ । परिचय दिने क्रममा सम्बन्धित सर्जकको व्यक्तिगत विवरण प्रस्तुत गर्नुका साथै तिनले आआफ्नो क्षेत्रमा दिएको योगदानको गुणमुखी मूल्याङ्कन गरिएको छ । साहित्यकार मोहन दुवालज्यूले यसमा सम्बन्धित व्यक्तित्वहरुले गरेका सङ्घर्षशील र सिर्जनात्मक जीवनयात्रा तथा तिनले दिएका योगदानको प्रशंसा हृदय खोलेर गर्नुभएको छ भने साथमा सबै व्यक्तित्व र तिनका कृतित्वको उदात्तीकरण गर्ने प्रयत्न पनि गर्नुभएको छ । सम्बन्धित सर्जकको जीवनी, व्यक्तित्व र कृतित्वको उच्च मूल्याङ्कन गर्दै तिनीहरुलाई सरल, सहज र सम्प्रेषणीय भाषाशैलीमा आधारभूत रुपमा चिनाउन सक्नु नै यस पुस्तकको मुख्य उपलब्धि हो ।
अरुको सम्मान गर्नु भनेको आफू सम्मानित हुनु पनि हो । त्यस्तै सत्कर्म गर्ने व्यक्तिहरुलाई समाजमा चिनाउनु र स्थापित गर्नु भनेको आफू पनि चिनिनु र आफू पनि स्थापित हुनु हो । मोहन दुवालज्यूले दशकौंदेखि यस्तै सुन्दर कार्यहरु गर्दै आउनुभएको छ र यो पुस्तक पनि उहाँका यस्तै कार्यहरुको पछिल्लो उदाहरण हो ।
-डा. रामप्रसाद ज्ञवाली

Smritima Sarjakaharu – Mohan Duwal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon