आवाजहरूमध्ये सबै भन्दा मिठो गरी तिव्ररूपमा आम
मानिसलाई प्रभाव पार्ने तत्व कविता नै हो । यसैले कविताको माध्यमबाट ‘बिग्रँदो पर्यावरणको स्थिति सुधारका निम्ति पर्यावरणीय घटनाहरूलाई पनि अब साहित्यको मूलधारमै लेखिनुपर्छ भनि लागिपरेका विजय हितानको यो कदम एकदम सह्रानीय छ । उनकै मेहनतको फलस्वरूप यो संग्रह जन्मिएको हो । यस संग्रहभित्र विश्वमा रहेका विभिन्न स्रष्टाहरूका बयासीवटा कविताहरूले एकै स्वरमा वातावरणको बचाऊ गर्दै समाजलाई सचेतना बाँड्ने काम भएको छ ।
सुक्दै गएको नदी नाला, पग्लदै गएको हिऊँ, मासिदै गएको जीवजगत र मानव विकासका रूपमा बढ्दै गएको अतिक्रमण/पृथ्वीको दोहनबारे कविताहरूले खबरदारी गरेका छन् । ‘प्रकृतिप्रदत्त निःशुल्क भोजन (हावापानी, वनजङ्गल, अनाज, खानीहरू) पनि अनन्त / अविनास छैनन् । बेलैमा जतन/जगेर्ना नगरे एकदिन पृथ्वी खोक्रो हुनेछ ।’ भनि कविताहरू मार्फत आवाज उठाइएको छ । यही आवाजको नाम नै हो ‘स्वच्छन्द सुसेलीहरू २’
Shwochchanda Suseliharu 2 – Bijaya Hitan
Reviews
There are no reviews yet