Shukrabare Ganthan – Pramod Amatya |
प्रमोद अमात्यका रचनाहरूले पाठकलाई हँसाउने र जिल्याउँने मात्र होइन हाम्रो सामाजिक सन्दर्भका कतिपय विषयलाई लिएर गम्भीरताका साथ सोच्न पनि बाध्य बनाउँछन् । – हरि , लेखक / समालोचक गन्थन भनिए पनि यी निबन्धहरू चिन्तन र मन्थन पनि हुन् । च्वास्स चुस्स पार्दै आफ्नो कुरालाई तर्कसंगत ढंगले प्रस्तुत गरिरहने उनको शैली रमाइलो शैली हो । आफ्ना दुःख – सुखका , अनुभवका , मनभित्रका कुराहरू परिस्थिति , प्रसङ्गअनुरूप बातचित गर्ने शैलीमा प्रस्तुत गरेर पाठकलाई यसका विभिन्न कथाहरूमा अपनत्वको भावना महसूस गराउन सक्षम लेखनका लागि प्रमोद अमात्य सराहनीय व्यक्तित्व हुनुहुन्छ , र उहाँको यो रचना प्रशंसनीय छ । म उहाँको रचनाचक्रको कायल हुँ । उहाँको लेखनीमा जादू छ तर यो जादू अस्थायी होइन , स्थायी रहोस् , यही कामना छ । भन्नलाई त प्रमोदजीले यसलाई गन्थन भन्नुभयो तर यी गन्थन होइनन् , मन्थन हुन् , चिन्तन हुन् । धेरैजसो रचना व्यङ्ग्यात्मक र मनोरन्जनात्मक शैलीका रहेछन् । संस्मरणहरू पढ्न थालेपछि निरन्तर तानिरहन्छ , छाड्न मन लाग्दैन । |
Reviews
There are no reviews yet.