केही अंशहरू “अँ ! म | देख्नै, बोल्नै नपाइने ? कोठामा नै लुकेकोलुक्यै छौ । बाहिर नै ननिस्कने, के हो तिम्रो चाला ?” “लुकेकोलुक्यै भए, बाहिर ननिस्कने भए, मलाई यहाँ देख्थ्यौ त ?” “हेर न कुरा बटारेको यो मान्छेले ? अनि शुभसाइतमा निस्केको झै लाग्यो नि !” “त्यही भएर त तिमीसँग भेट भयो नि !” “यो मान्छेले त कुरा कता मोडेको हो ? जाने ठाम त बताएनौ बनाएनौ, काम त बताउँछौ कि ? कि त्यो पनि बताउँदैनौं ?” + + + सन्दरी केटी बस चढेकी देखियो । त्यसपछि मेरो मनले “बस रोकेर रानै गरेछ ।” भन्दै मेरै सिट छेउमा आएर बसिदिए हुन्थ्यो नि !” भनेर सोच्न थाल्यो । उनी मेरै छेउ आईपुगिन् र “के यो सिट खाली हो ?” मीठो स्वरमा सोधिन् । मेरो मन खुसी भएर भित्रैबाट भन्न कर गयो र मैले “तपाई बस्नुभएपछि पूर्ण हुन्छ ।” भनें । + + + “जङ्गलमा जान लागियो, जङ्गलमा के के गर्ने होला ? “गर्ने कोही ल्याउनुभएको जस्तो लागेन ? अब चराचुरूङ्गी, जीवजन्तु आदिले के के गर्छन ? त्यो त्यो हेर्ने नि !” + + + त्यस्ती सुन्तली मोरी, बाटुली भेटेपछि उडी, अनि म भित्रको म पनि मरिहाल्यो । + + + खेताल्नी हुन्छु भनेकी उनी त, म्याडम पो भइन् । + + + “तिमीलाई भेट भएदेखि मेरो मुटुमा तिमीप्रति उब्जेर आएको मायालाई हिउँले पहाडलाई छोपेझै म छोपेर राख्नेछु । फेरि भेट भएमा समीपमा रहुँला । भेट नभए तिम्रो यादमा सकेसम्म जमेर रहुँला | नसकेमा पग्लेर तिम्रो दिशातिर बगिरहुँला नि !” + + + “तिमी आयौ, अब मलाई ढुक्क भयो । + + + मंगलिकाले मुसुक्क हाँसेर “अलग “शुभा अलग “आरम्भ भइरहनुभएकोमा सबैलाई साक्षी राखेर आजबाट योग हुनुभएर “शुभारम्भ” हुनुभएकोमा सहश्र बधाई र शुभकामना छ मेरो !” भनेर एउटा माला मलाई र अर्को माला शुभालाई लगाइदिइन् । |
Shubharambhaka Pailaharu – Gokarna Malla
Reviews
There are no reviews yet