Shiva Sutra – Kamal Prasad Dhungana

शिवसूत्र– कमलप्रसाद ढुङ्गाना

295

Availability: 5 in stock

कमलप्रसाद ढुङ्गाना
लेखकका प्रकाशोन्मुख कृतिः १. सिद्धनागार्जुन तन्त्र
२. स्पन्द दर्शन
३. श्री प्रपञ्च सार तन्त्र, भाग-१ ४. श्री प्रपञ्च सार तन्त्र, भाग-२
शाङ्करवेदान्तले यो कुरा बुझेन कि यदि माया ब्रह्ममा छैन भने ब्रह्मभन्दा बाहिर पनि छैन, त्यसो भए माया कहाँबाट आयो ? त्यसले चैतन्यलाई कसरी ढाकेको हुन्छ ? त्यसले चैतन्यलाई किन ढाकेको ? साङ्ख्यको पुरुष मात्र चेतन छ र ? वेदान्तको ब्रह्म चेतन र आनन्दस्वरूप दुवै छ, सच्चिदानन्द छ; तर त्यस्तो सत्चित् आनन्दबाट के लाभ हुन्छ यदि उसमा कर्तृत्व शक्ति नै छैन भने ? साङ्ख्यको पुरुष निष्कृय र लङ्गडो छ तथा वेदान्तको पनि त्यस्तै छ। यदि कर्तृत्व शक्ति नै छैन भने त्यसको आकर्षण नै नरहने भयो ।
तर त्रिकदर्शनको शिव पञ्चकृत्य (सृष्टि, स्थिति, प्रलय, निरोधान र अनुग्रह) कारी छ । माया, महामाया, प्रकृति, पञ्चकञ्चुक ३६ तत्त्व उसका शक्तिमा अवस्थित छ । शक्ति उसमा छ । जगत्‌को सृष्टि उत्पत्ति होइन उन्मिलन हो । मुक्ति मुक्ति नभएर प्रतिमिलन हो । आत्म प्रत्यभिज्ञा हो । बन्धन बन्धन नभएर स्वछन्द आत्मक्रीडा हो । सुखदुःख सुखदुःख होइन स्वकल्पित आनन्द लीला हो । जगत् जड र मिथ्या नभएर चिन्मय सत्य हो । मुक्ति विदेह होइन जीवन मुक्ति हो । यो जीवन मृत्यु- पूर्णहन्ताको प्राप्ति हो । जीव जीव होइन शिव हो । बन्धन र मुक्ति बन्धन-मुक्ति नभएर अवरोहणात्मक अभिनय हो । यदि सर्वत्र शिव नै छन् भने बन्धन र मोक्षमा भेद कहाँ !
बन्धमोक्षो न मिद्येते सर्वत्रेव शिवत्वतः ।
Shiva Sutra – Kamal Prasad Dhungana

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon