देश समृद्ध हुनका लागि व्यक्ति, व्यवस्था र जनताको अहम् भूमिका हुन्छ । तर, ,त्यो भन्दा बढी एक सक्षम पथप्रदर्शकको ठूलो खाँचो हुन्छ, जसले समयको तालमा आफ्ना कदमहरू चाल्न सकोस् । बाटो पहिल्याएर अविच्छिन्न हिँड्न सक्षम व्यक्तिले मात्र अरूलाई बाटो देखाउन र सही गन्तव्यमा पुऱ्याउन सक्छ । सत्य-निष्ठा, समर्पण, साधना, अनुभव र निरन्तर प्रयासबाट एक असल नेतृत्वले देशलाई समृद्धिको मार्गमा डोऱ्याउन सक्छ भन्ने यस उपन्यासको सार हो । साथै, न्याय र निःस्वार्थ सेवालाई ग्रहण गरी असत्यलाई पराजित गर्न एक न्यायप्रेमीले गरेको बलिदानलाई यस कृतिले उद्बोधन गरेको छ । नैतिक मूल्य, सामाजिक न्याय र कर्मयोगी सोचको स्खलन भइरहेको वर्तमान समाजलाई थाङ्ग्रो लगाउनु यस उपन्यासको ध्येय हो ।
मानसपटलमा समृद्ध देशको सपना सजाउँदै प्राणको आहुति दिने हरूका सपनाहरूले मूर्तरूप प्राप्त गर्न फेरि पनि जन्मनु पर्छ स्वप्नद्रष्टाहरू भन्ने यस कृतिको चिन्तन हो ।
Shastra – Kailash Koirala
Shastra – Kailash Koirala
शास्त्र– कैलास कोइराला
₨675
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet