साहित्यका अलावा विजु सुवेदी ‘विजय’ पत्रकारितामा पनि परिचित नाम हो । ०५८ चैत्र १ गतेदेखि अन्नपूर्णपोष्टमा अन्नपूर्णपोष्टको प्रमुख वितरण शाखाबाट करिब साढे तीन वर्ष जति दैनिकजस्तो लेखहरू लेखिरहनुहुने गर्नुहुन्थ्यो । त्यस्तै त्यसपछि ‘प्रतिविम्ब मासिक’मा पनि एक वर्ष जति लेखनमा लाग्नुभएको थियो । त्यस्तै ‘स्वतन्त्रता र मानव अधिकारप्रति समर्पित समाचार र विचारप्रधान सांस्कृतिक पत्रिका अमलेख साप्ताहिक’मा ०६४ साउन ७ गतेदेखि ०७० पौष २२ गतेसम्म नियमित स्तम्भकारका अलावा लेख, रचना अनि साहित्यमा निरन्तर संलग्न हुनुहुन्थ्यो । यसरी पत्रकारितामा डेढ दशक बिताउनु भइसकेका ‘विजय’ हाल नेरूपालका राष्ट्रिय दैनिक पत्रिकाहरूमा लेखहरू लेखी स्वतन्त्र पत्रकारितामा क्रियाशील हुनुहुन्छ । “समाजमा व्याप्त कसिङ्गरहरूलाई बढार्दै अनुशासित किसिमको समाज बनाउन लेखिरहनुपर्छ” भन्नुहुने उहाँले कविता हुँदै लघुकथामा हात बसालिसकेपछि निरन्तर कथा साहित्यमा आफूलाई डोऱ्याउनुभयो । यिनै । उद्देश्यहरूबाट अभिप्रेरित भई हाल उहाँ साहित्यका विधि विधाका अतिरिक्त कथा विधामा सशक्त रूपमा अघि बढिरहनुभएको छ ।
Shanti Samjhauta – Buju Subedi
Reviews
There are no reviews yet