जुन विद्यालाई अपनाएर गुरूले आफ्ना शिष्यको निर्माण गर्दछन्, त्यो विद्या नै एक शब्दमा तन्त्र हो । त्यो विद्याका पारङ्गत व्यक्तिलाई नै तान्त्रिक कहिन्छ जो नित्य कल्याणकारी भएका कारण शम्भु र शाम्भव’ दुवै नै मानिन्छन् । श्री गुरू अर्चना पुस्तकमा गुरूकरण र शिष्यको कर्तव्य-अधिकार, दीक्षा-ग्रहण, मन्त्र जप गर्ने विधिको चर्चा छ । के शाक्त, के शैव, के वैष्णव, के गणपत्य, के सौर, सबैलाई जप-रहस्यको ज्ञान आवश्यक छ । विस्मृतप्राय बनेका तान्त्रिक साधना-प्रस्थानहरूलाई सरस र प्रवाहपूर्ण नेपाली भाषामा सामान्य पढेलेखेका समाजका उपकारार्थ लिपिबद्ध गर्ने परम कारूणिक प्रयास हो यो पुस्तक । ॥
Shakti Upasakka Lagi Shree Guru Archana – Guru Bishwamohani
Reviews
There are no reviews yet