शहरको कथा’ कल्पनाको विचित्र उडानले भरिएका तिलस्मी पात्रहरूको कथा होइन । यो नेपाली समाजका आधुनिक र प्रतिनिधि युवतीहरूको संयुक्त कथा हो, जसले आफ्नो स्वतन्त्रता र सङ्घर्षको सिमाना आफैले तय गरेका छन् । उनीहरू बाँचेको समाज र देखेका सपनाबीच कतै तालमेल हुँदैन र पनि उनीहरू सङ्घर्षरत छन् । उपन्यासले कल्पना र यथार्थको असन्तुलनबाट उन्मुक्ति खोजिरहेका तन्नेरीहरूको कथा भन्छ । फक्रिन लागेका रहर बोकेर आफ्नो खुशीका डुङ्गा एक्लै खियाउन हिम्मत गर्ने युवतीका सीमाहीन अनुभूतिहरू यसमा पोखिएका छन् । उपन्यासमार्फत यो पुस्ताको गतिविधिलाई समय र अनुभवले खारिएको एउटा अधवैशे पात्रले जीवनका विभिन्न कोणबाट सूक्ष्म रूपले चियाएर हेर्ने जमर्को गरेको छ । ‘शहरको कथा’ मूलतः द्वन्द्वग्रस्त नेपाली समाजका पीडाहरूको यथार्थवादी संयोजन हो । किशोर नेपाल |
Shaharko Katha – Kishor Nepal
Reviews
There are no reviews yet.