Shop Online For Books | Stationery | Fashion | Gift Items

Sewanne Jindagi – Bhupal Rai

300

Availability: 5 in stock

SKU: Sewanne Jindagi (RBD) Categories: , , Tags: ,
भूपाल राई सन् २०१६ मा वरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई ‘समीक्षक समाज हङकङको तर्फबाट अतिथिको रूपमा (हङकङ) निम्त्याएका थियौँ । त्यस समय ‘समीक्षा प्रकाशन’को नामबाट हामीले हङकङका स्रष्टाहरूको नेपाली, अङ्ग्रेजी भाषाका केही कृतिहरू छाप्ने काम गरिरहेका थियौँ । उहाँजस्तो स्थापित लेखकलाई भेट्न पाउँदा, उहाँको समेत कृति छाप्ने अवसर प्राप्त भए एक प्रकाशकको रूपमा हाम्रो पनि पहिचान स्थापित हुने लालसाले हामीलाई लोभ्याएको थियो । त्यसैले हामीले उहाँलाई आफ्नो दोस्रो गीत संग्रहको जिम्मा दिन आग्रह गरेका थियौँ । उहाँको पहिलो गीत संग्रह ‘पहिलो हरफ शिरबन्दी र अन्य कविता कृतिहरूको सफलताबाट त्यसै पनि हामी लोभिएका थियौँ । त्यही बखत उहाँबाट प्राप्त वचनअनुरूप तीन वर्षको लामो मिहिनेत र लगनका साथ आफ्ना नयाँ पुराना गीतहरू सङ्कलन गरेर उहाँले हामीलाई सेवान्ने जिन्दगी’ नामको एक गहन काव्यकृतिको जिम्मेवारी सुम्पिनु भयो । यो बीचमा समीक्षा प्रकाशनको विघटन भइसक्दा पनि हामीले त्यो लालसा त्याग्न सकेनौँ र आज बल्ल M6 Society को नामबाट प्रकाशनको त्यो अभिभारा पूरा गरिरहेका छौं । यो अमूल्य कृतिको हिस्सेदार बन्ने मौका दिई हामी हङकङका नेपालीहरूलाई पनि आफ्नो साहित्यिक, सहयात्री बनाउनु भएकोमा आदरणीय भूपाल राईप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

Sewanne Jindagi – Bhupal Rai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon