वरिष्ठ डाक्टर भोला रिजालको ‘सेतो कोट’ चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने एउटा सरल तर गहन पुस्तक हो । यो पुस्तकले चिकित्सा पेशा, चिकित्सा शिक्षा र चिकित्सा आचार-संहिताबारे साङ्गोपाङ्ग विवेचन गरेको छ । कुनै व्यक्तिले पढेर डिग्री हासिल गर्दैमा मात्र उ योग्य चिकित्सक हुने हो वा त्यसका लागि उसमा अतिरिक्त गुणहरु पनि हुनुपर्छ ? हुनुपर्छ भने ती के के गुण हुन् ? त्यस्ता गुणहरु आर्जन गर्न एउटा चिकित्सकले के कस्ता प्रयत्नहरु गर्नु पर्ला ? अथवा उसमा के कस्ता मेडिकल संस्कार आवश्यक होलान् ? यी केही यस्ता अहं सवाल हुन् जसको व्याख्या डा. रिजालले यस पुस्तकमा एकदमै मिहीन ढंगले गर्नु भएको छ ।
‘सेतो कोट’ पुस्तक मेडिकल शिक्षा, संस्कार र संहिताका दृष्टिले एउटा यस्तो कोशेढुंगा सरहको दस्तावेज हो जसले एउटा सामान्य चिकित्सकलाई सामान्य पेशाकर्मीको स्तरबाट माथि उठाएर महामानवका रूपमा स्थापित गर्न सक्ने बाटाहरूको मार्गनिर्देश गरेको छ । चिकित्सा शिक्षाका बिद्यार्थी, चिकित्सक र गैर चिकित्सक सबैका लागि यो उत्तिकै पठनीय छ ।
Seto Kot – Bhola Rijal
Reviews
There are no reviews yet