Seto Aatanka – Ismali

सेतो आतङ्क– इस्माली

US$2.35

Availability: 5 in stock

SKU: Seto Aatanka Categories: , Tags: ,

नेपालको इतिहासमा २०३६ सालको जनजागरणको विशिष्ट महत्त्व छ । विभिन्न जनसमुदाय आआफ्नो भाषा र बोली लिई सडकमा उत्रेका थिए । यही वास्तविकता र घटनाको दुरुस्त तस्वीर हो सेतो आतङ्क । आफ्नै किसिमको विषयवस्तु र कथाशैलीले गर्दा उपन्यास सफल छ।
मोहन दुवाल, (जनमत, १५ माघ २०३९)
लाग्थ्यो भित्ताहरु आज बोल्दैछन्, कराईकराई, उफ्रीउफ्री । जताततै महँगीविरोधी नाराहरु थिए, भ्रष्टाचार विरोधी नाराहरु थिए, सरकारी दमन र आतङ्क विरोधी नाराहरु थिए, मौलिक अधिकारको जोडदार मागका नाराहरु थिए, अनि यस्तैयस्तै अरु नाराहरु थिए । लाग्थ्यो, तमाम भित्ताहरु जनता हुन् र न्यायिक आवाज बुलन्द गर्दै उनीहरु एउटा प्रदर्शन गर्दैछन् ।
(यसै पुस्तकबाट)
क्रान्तिचेत भएको इमान्दार, कर्तव्यनिष्ट कर्मचारीको जीवनवृत्तिलाई मूल कथावस्तु बनाई विकराल रुपमा बढिरहेको महँगी, अन्याय, अत्याचार, कालोबजार, भ्रष्टाचार, बेरोजगारी, सांस्कृतिक आक्रमणजस्ता युगीन विकृति र विसंगतिप्रति रोष प्रकट गर्दै कर्मचारी संगठनको आवश्यकता महसुस गरी रचिएको उपन्यास हो सेतो आतंक ।
हरिप्रसाद रेग्मी, (शोधपत्र, २०५७).

Seto Aatanka – Ismali

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon