श्याम गोतामे नेपाली हास्यव्यङ्ग्य निबन्ध क्षेत्रका एक चर्चित, प्रभावशाली एवम् अथक् साधक हुनुहुन्थ्यो । वि.सं. २००९ सालमा गौरस्थित श्री ३ जुद्ध हाइस्कूलमा एकैचोटी ९ कक्षामा भर्ना हुनुभएका उहाँले २०११ सालमा प्रवेशिका र २०१३ मा प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । २०१३ साल असार १७ गते पद्मादेवी शर्मासँग वैवाहिक जीवन प्रारम्भ गर्नुभएका गोतामेका दुई छोरा र दुई छोरी छन् । उहाँको पहिलो हास्यव्यङ्ग्य रचना ‘मैले पनि पिउन सिके’ वि.सं. २०२५ साल माघ २६ गतेको ‘गोरखापत्र’मा प्रकाशित भएको थियो । त्यसपछि ‘गोरखापत्र’, ‘समीक्षा’, ‘प्रतिध्वनि’, ‘रूपरेखा’, ‘मातृभूमि’ जस्ता पत्रपत्रिकामा प्रकाशित हास्य-व्यङ्ग्यात्मक रचनाहरू समेटिएर कौवा प्रकाशनबाट उहाँको पहिलो कृति ‘मपाइँ’ (२०२६) निस्कियो । ‘जनमञ्च’, ‘कान्तिपुर’, ‘गोरखापत्र’, ‘राजधानी’, ‘मधुपर्क’ लगायतका दर्जनौँ पत्रिकामा उहाँका फूटकर हास्यव्यङ्ग्य एवम् स्तम्भ प्रकाशित हुँदै आए। यसका साथै उहाँका ‘जदौ !’ (रत्न पुस्तक भण्डार, २०२७), ‘कायेनवाचा’ (साझा प्रकाशन, २०३३) र ‘श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य’ (ने.रा.प्र.प्र., २०४६) लगायतका हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छन् । |
Sense Common Sense Nonsense – Shyam Gotame
Reviews
There are no reviews yet