Satyako Jagma Ubhiyera – Kamala Harris

950

Availability: 5 in stock

SKU: Satyako Jagma Ubhiyera Categories: , Tags: ,

अमेरिकाका सर्वाधिक प्रेरक राजनीतिक नेताहरूमध्ये एकको असाधारण जीवन
उपराष्ट्रपति कमला ह्यारिस, जसका मातापिता आप्रवासी थिए, आप्रवासी नागरिक अधिकारका निम्ति सक्रिय कार्यकर्ता पनि थिए । ह्यारिसको पालनपोषण क्यालिफोर्नियाको यस्तो समुदायमा भयो जहाँ सामाजिक न्यायबारे गम्भीर चासो राखिन्थ्यो । निमुखाहरूको आवाज बन्ने कोशिश गर्दा एवम् जटिल मामिलाका गाँठाहरूलाई फुकाउन सङ्घर्ष गर्दै जाँदा सँगालेका अनुभवहरू नै उनको बाटो देखाउने दियालो बन्दै गयो र राजनीतिक नेताका रूपमा उनले प्रसिद्धि पाइन् । अमेरिकी जनताले आपसमा सामना गरेका ठूल्ठूला चुनौतीहरूलाई ह्यारिसले सत्यको जगमा उभिएर अवलोकन गरेकी छन् । आफ्नो करिअर र आफूलाई प्रेरित गर्ने मानिसहरूका काममार्फत कडा मिहिनेतसाथ उनले हासिल गरेका ज्ञान र अन्तरदृष्टिलाई चित्रित गर्दै सङ्घर्ष, उद्देश्य, जीवनमूल्यको सच्चा तस्बिरलाई उनले विश्वसमक्ष बाँडेकी छन्, जसलाई हामी दैनिक रूपमा सामना गर्दछौं ।
“एक जीवनगाथा जो निश्छल रूपमा हामीभित्र समाहित हुन्छ.. आफूले अपेक्षा गरे अनुरूपकै नेताको निकै स्पष्ट तस्बीर ह्यारिसले कोरेकी छन् ।” लस एन्जेलस टाइम्स
कार्लोस लोजादा लेख्छन्, “प्रस्तुत पुस्तकमा राष्ट्रिय राष्ट्रपतीय चुनावी अभियानमा ह्यारिसको भूमिकाले प्रकट उनको दर्शन, आकाङ्क्षा र विशिष्ट गुण पनि झल्किन्छ ।”
दि वाशिङ्गटन पोस्ट
डेभिड स्मिथ लेख्छन्, “दि ट्रुथ्स वी होल्ड आफ्नो उद्देश्यमा सफल छ, ह्यारिसको निजी सत्यनिष्ठा प्रत्येक पानामा टिलिक्क टल्किएको छ ।” दि गार्जियन
Satyako Jagma Ubhiyera – Kamala Harris

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon