नेपालको एउटा गोप्य पुस्तकालयमा भएको आगलागी घटना अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत छाउन पुग्छ । छानबिन समितिले आगलागी दुर्घटनाबाट भएको भनी मध्यमार्गी प्रतिवेदन तयार पारे पनि प्रतिवेदन बुझाउन नपाउँदै लाइब्रेरियनले आफूले जानीजानी घटना गराएको अदालतसामु स्वीकार्छन् । यसपछि मुद्दा सुल्झिनुको साटो झन् जटिल बन्दै जान्छ ।
यता, डीएसपी रक्षाको नेतृत्वमा लगभग दुई वर्षसम्म अनुसन्धान चलिरहन्छ । पूर्वीय संस्कारका महत्त्वपूर्ण धार्मिक ग्रन्थ पुस्तकालयमा गोप्य राखिएकाले विदेशीको इसारामा आफ्नो पूर्वप्रेमी कैलाशले आगजनी गराएको उसले पत्ता लगाउँछे । कैलाश नै घटनाको जिम्मेवार साबित होला वा निर्दोष पुष्टि होला ? उनीहरूबीचको प्रेमले पुनर्जीवन पाउला ?
उपन्यास सत्य हरणमा अपराध, रहस्य, प्रेम मात्र होइन अध्यात्म, राष्ट्रप्रेम अनि विज्ञानको रोमाञ्चक संसार पनि छ ।
Satya Haran – Raju Adhikari
दशैं Offer
Satya Haran – Raju Adhikari
सत्य हरण – राजु अधिकारी
₨625
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet