कवि विमल निभा बिसको दशकपछिको नेपाली कविताको स्वर र स्वरूपलाई नयाँ दिशा दिने कवि हुन् । कवितालाई सामाजिक र राजनीतिक पापरतासँग जोड्न नहिचकिचाउने उनका कविता सङ्घर्षरत नेपाली समाज र राजनीतिको प्रतिविम्ब मानिन थालिएका छन् । साना मसिना अत्यन्त सरल विम्बमा सचेततापूर्वक उनिने उनका कविताले आफ्नो समयका छली राजनीति, बेइमान चरित्रमाथि कतै कडा प्रहार, कतै मारक र कतै मन्द मन्द सुस्वादु व्यङ्ग्य दाग्छन् । कविता किन लेख्ने ? त्यसका लागि कस्तो समकालीन कव्य छनोट गर्ने ? त्यसलाई करतो रूपमा प्रस्तुत गरेर मारक बनाउने ? कविताको सामाजिक, राजनीतिक दायित्व के हो ? कविको पक्षधरता कस्तो हुनुपर्छ ? उसको लेखन नवीन हुने कोसिसको हुनुपर्छ, पर्दैन ? आजका कविताको जनतान्त्रिक सौन्दर्य के हो ? भन्ने यावत् प्रश्नका उत्तरहरू पाँच दशकदेखि निरन्तर इमानदारीपूर्वक कविता लेखिरहेका कवि विमल निभाका कविताहरूमा सहज रूपमा पाइन्छन् ।
विशेषत- कविता कुन हदसम्म कलात्मक रूपले सहज, सम्प्रेष्य र सुस्वादु बन्नसक्छ, जनपक्षधर हुनसक्छ भन्ने दुर्लभ उदाहरणमा पर्ने कवि हुन् विमल निभा । नेपाली साहित्यका आदरणीय कवि विमल निभाको कविता-कर्मले पाँच दशकको सँघार नाघिसकेको छ । सत्र भोका काग मित्र सङ्कलित नितान्त ताजा कविताहरू कवि निभाको आधा शताब्दी लामो काव्य-साधनाका कलात्मक उत्कर्ष हुन् ।
Satra Bhoka Kag – Bimal Nibha
Satra Bhoka Kag – Bimal Nibha
सत्र भोका काग– विमल निभा
₨495
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet