राजेन्द्र विमलको मातृभाषा नेपाली होइन । तर पनि नेपाली भाषामा । उनको पकड बलियो छ । कतै कतै त नेपालीभाषी स्रष्टाको भन्दा पनि बढी स्वादिलोपना यिनका सृजनामा पाइन्छ । घटना प्रधानताबाट नै कथानकलाई अधिबढाउदै पात्रहरूका मनोदशाको चित्रण गर्न खपिस छन् कथाकार विमल । कुनै वाद अथवा सिद्धान्तको पक्षधरता देखिदैन उनका कथामा । आधुनिकताले भित्र्याएको सन्त्रास, निमुखाप्रति हुनेखानेहरुले गरेको शोषण, विकृत राजनीति, सामाजिक अन्धविश्वास, मधेश आन्दोलनले सामाजिक सद्भावमा पुऱ्याएको क्षति, सत्तामदबाट हुने दुराचार आदिलाई आफ्नो सशक्त कलमद्वारा मुखर पारेका छन् आफ्ना कथाहरुमा ।
Sarbariya Tol – Rajendra Bimal
Reviews
There are no reviews yet