साप्थबा’ लिम्बू भाषाको शब्द हो। नेपालीमा ‘लेखिराखेको’ भन्ने अर्थ लाग्छ। म जनयुद्धमा हिँड्दासम्म सबै कुराको निक्र्योल विशुद्ध वर्गीयमुक्तिबाटै हुन्छ। त्यसैले जाति, भाषा, लिपी र संस्कार संस्कृतिका कुरा वहियात हुन् भन्ने लाग्थ्यो। वर्गीयमुक्ति र जातियमुक्ति आन्दोलनलाई सँगसँगै लैजाने क्रममा भाषा, लिपी र संस्कार संस्कृतिहरूको महत्वबारे सोधखोज सहित अध्ययन गर्न थालें। बिस्तारै थोरै बुझ्न पनि थाले। फुर्सदको समयमा तिनै बुझाइलाई लेखनीमा ढाल्दा लिम्बू मृत्युसंस्कारसँग जोडिएर साप्थबा आलेख जन्मियो। साप्थबा सहित पन्ध्रवटा आलेखहरू सङ्ग्रह गर्दा बौद्धिकहरूको समेत सुझावमा पुस्तकको नाम नै साप्थबा रहन गयो। अध्ययनले महत्वपूर्ण केवल एकथोक दिन्छ। त्यो हो, अध्ययन गर्ने संस्कार। जब मान्छेले विभिन्न विषयमा अध्ययन र लेखन सुरु गर्छ, उसको तर्क गर्ने क्षमताहरू वृद्धि हुँदै जान्छ। त्यसो भएपछि वौद्धिकताको ढोकाहरू खुल्छन्। जब वौद्धिकहरू बढ्दै जान्छन्, तब बिचार र बिचारकहरू जन्मन्छन् । जसको योगदानले युगौंयुगसम्म समाज लाभान्वित भइरहन्छ। इ.पू. सातौँ र इशाको पाँचौदेखि बाह्रौं शताब्दितिर वेधजा, तक्षशिला, नालन्दा र विक्रमशिला जस्ता महाविद्यालयहरू नखुलेको र विभिन्न विषयमा अध्ययन र लेखन नभएको भए, बुद्ध, चाणक्य र पदमसम्भव जस्ता विद्धानहरूबाट आज हामी लाभान्वित हुने मौका पाउँथ्यौँ त ? सँगै बाँने मर्ने बचनकासाथ चुम्बन गरिरहिन् कतिबेर हो कति ? आँखामा आँखा जुधाउँदै ओंठमा ओंठ जोडियो दुवैको। एकअर्कोमा भएको जिब्रोको घर्षणले स्वर्गिक आनन्दको अनुभूति भयो र मनाहाङले पनि साथ दिइरहृयो। यो चुम्बन एकअर्कामा नछुटोस् भन्ने लागिरहयो। शरीरमा हजारौं भोल्टको करेण्ट लागे जस्तो भयो। |
Sapthaba – Shree Jabegu
Reviews
There are no reviews yet