Sapanako Udaan – Gyanhari Ghimire

सपनाको उडान – ज्ञानहरि घिमिरे

375

Availability: 5 in stock

SKU: Sapanako Udaan (RBD) Categories: , Tag:

Sapanako Udaan – Gyanhari Ghimire |

ज्ञानहरि घिमिरेको पहिलो कृति “ सपनाको उडानलाई मैले यसको प्रारम्भिक स्वरूपदेखि नै लेखकसँगै बसेर केलाउने अवसर पाएँ । यो उपन्यास लेखकले स्वप्नदर्शीहरुकै बिचमा रहेर कोरेको आफ्नै अनुभूति अनि जीवनसँग जोडिन आइपुगेका अन्य तमाम पात्रहरुको अनुभवको दस्तावेज हो । स्वप्नभूमिबाट बन्दै भत्किंदै गरेका सपनाहरुको चर्चा गरिएको यो कृति नेपाली साहित्यको महत्वपूर्ण सम्पति हो ।
– सुभाष घिमिरे , चितवन , हाल अमेरिका

“ सपनाको उड़ान ” पढ्दा जीवन आबादी र बरबादीका सुस्केरा र सुसेलीहरुले आँत रसाउँछ । कथामा जीवन्त पात्रहरुलाई सशक्त ढङ्गले चित्रण गरिएको छ । उपन्यासकार ज्ञानहरि घिमिरेलाई सिर्जना यात्रा र सफलताको शुभकामना ।
– बद्रीमान श्रेष्ठ , सिन्धुली , हाल बाल्टिमोर

आदरणीय स्रष्टा ज्ञानहरि घिमिरेज्यूको उपन्यास सपनाको उडानको पाण्डुलिपि मैले पनि सर्सर्ती अध्ययन गर्ने मौका पाएँ । यो ” म ” पात्रको भोगाइ र अनुभूति भएको अत्यन्तै रमणीय उपन्यास हो । जति पढ्यो उति पढूँपढूँ लाग्ने यो कृतिले नेपाली साहित्यमा एउटा इट्टा थपेको छ । लेखकलाई हार्दिक शुभकामना ।
– कल्पना अधिकारी भट्टराई , काठमाण्डौ

यथार्थको गहिराइ छिचोलेर लेखिएको प्रस्तुत उपन्यासका आरोहअवरोहरु मानव जीवनको अत्यन्त निकट भएर बगेका छन् । ज्ञानहरिजीको औपन्यासिक यात्राको यो अनुभव भोलिको सुनौलो लक्षणका रूपमा यसै कृतिबाट चम्किएको ठानेको छु र हार्दिक शुभकामना व्यक्त गर्दछु ।
– टंकध्वज थापा “ साहित्यानुरागी निश्चल ” , सिन्धुली

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon