संस्था र व्यवस्थाः असमञ्जसमा नेपाल राजा वीरेन्द्रको वंशनाश गराउने दरबार हत्याकाण्डसँग सम्बन्धित रहेर प्रस्तुत गरिएको पुस्तक हो । तत्कालीन सूक्ष्म राजनीतिक घटनाक्रम र तथ्यपरक विषयवस्तुमा आधारित यस पुस्तकले अनेकन प्रश्नको जवाफ प्रस्तुत गर्ने क्रममा दरबार हत्याकाण्डसँग सम्बन्धित रहेर के ? किन ? र कसरी ? जस्ता प्रश्नको जवाफ दिएको छ ।
व्यवस्था जुनसुकै रहे पनि त्यसको मूल जरो त्यसलाई टिकाउने संस्था नै हो भन्ने तथ्यलाई जोड दिएको यस पुस्तकमा राजनीतिक व्यवस्था र त्यसलाई टिकाउन किन सबल संस्थाको आवश्यकता रहन्छ भन्ने गहिरो विश्लेषण गरिएको छ ।
राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा विषयमा कलम चलाउने डा. केशर बहादुर भण्डारी पूर्वसहायक रथी हुन् । संयुक्त राष्ट्रसङ्घ अन्तर्गत पाकिस्तान र अफगानिस्तानमा सैनिक
सल्लाहाकार भई काम गरेका भण्डारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा अतिथि विज्ञको रूपमा समेत परिचित छन् ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा अनुसन्धानमूलक लेख/रचना प्रकाशित गरेका भण्डारीको पछिल्लो पुस्तक National Security and The State – A Focus on Nepal हो ।
Sanstha Ra Byabastha (Asamanjasama Nepal) – Keshar Bahadur Bhandari
Sanstha Ra Byabastha (Asamanjasama Nepal) – Keshar Bahadur Bhandari
संस्था रुर व्यवस्था– असमञ्जसमा नेपाल– केशर बहादुर भण्डारी
₨495
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet