Best Seller

Sanskritik Adhyayan – Durgabahadur Ghati

सांस्कृतिक अध्ययन– दुर्गाबहादुर घर्ती

US$5.99

Availability: 5 in stock

मनोविश्लेषणात्मक समालोचकका रूपमा स्थापित डा. दुर्गाबहादुर
घर्तीले सांस्कृतिक अध्ययन सँगै आफूलाई समालोचनाको अर्को सार्थक विमर्शमा खरो उभ्याएका छन् । साहित्य-समालोचनालाई समाजका जीवन्त बहसमा सामेल गराउनुको साटो कक्षाकोठाको साँघुरो घेराभित्र प्राविधिक रस्साकसीमै सीमित गराइदिनाले प्राज्ञिक भनिने लेखनप्रति आम पाठकहरूको रूचि घट्दो छ | यही माहोलबीच यस पुस्तकले सांस्कृतिक अध्ययनको वैश्विक परम्परादेखि नेपाली साहित्यमा जागेको सांस्कृतिक सचेतनासम्मलाई जोडेर बहस गर्ने मेसो मिलाइदिएको छ । प्राध्यापक र शोधार्थीबीच हुने उच्चाटलाग्दो ओसिलो प्रश्नोत्तरलाई केही बेरको विश्राम दिएर सामाजिक बहसको रापिलो उज्यालोतिर डोऱ्याउने पुलको काम यस पुस्तकले गर्ने अपेक्षा लिन सकिन्छ ।
पछिल्लो समय सांस्कृतिक अध्ययनले विश्वविद्यालयदेखि सार्वजनिक वृत्तमा समेत आफूलाई केन्द्रमा पार्दै लगेको परिवेशमा यस पुस्तकको आगमन सुखद मान्न सकिन्छ । प्राज्ञिक अध्ययनका अथक साधक डा. घर्तीको यस पुस्तकले परवर्ती अध्येतालाई समेत सांस्कृतिक वाद-प्रतिवाद-संवाद मा सहभागी हुन आह्वान गरेको छ ।
Sanskritik Adhyayan – Durgabahadur Ghati

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon