Sansarko Serofero – Dr. Chandra Giri

संसारको सेरोफेरो– चन्द्र गिरी

450

Availability: 5 in stock

SKU: Sansarko Serofero Categories: , Tag:

डा. चन्द्र गिरीको जन्म वि.सं. २०१८ साल वैशाख २९ गते नेपालको खोटाङ, चिमचिमामा भएको हो । उनले नेपालबाट बीएस्सी (साइन्स) र बीएस्सी (फरेस्ट्री) तथा थाइल्याण्डबाट एमएस र पिएचडी गरेका छन् ।
डा. गिरी हाल अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार र इयुक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसर छन् । यसअघि उनले सरकारी, शैक्षिक र निजी क्षेत्रमा विश्वका विभिन्न देशमा बसेर काम गरिसकेका छन् ।
नेपालमा सरकारी जागिरबाट करिअर सुरु गरेका उनले थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, राष्ट्र संघीय वातावरण कार्यक्रम (युनेप), कोलम्बिया युनिभर्सिटी, इयुक युनिभर्सिटी, नर्थ क्यारोलिना स्टेट युनिभर्सिटी, साउथ डकोटा स्टेट युनिभर्सिटी र युनाइटेड स्टेट्स जिओलोजिकल सर्भेजस्ता विश्वप्रसिद्ध संस्थाहरुमा काम गरिसकेका छन् ।
डा. गिरीले औपचारिक र अनौपचारिक गरी विश्वका १२६ देशको भ्रमण गरेर त्यहाँका राजनेता तथा विशिष्ट व्यक्तिहरुसँग सहकार्य गरिसकेका छन् । उनले एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पाएका छन् । एक छोरा र एक छोरीका पिता अनि एक नातिका हजुरबा उनी फुर्सदको समयमा गल्फ खेल्न रुचाउँछन् ।
“विश्वको मेन्ग्रोबको नक्सांकन र अनुगमन गर्ने गुरु” (Father of Mangrove Mapping and Monitoring) भनेर चिनिने गिरी लेखक, सम्पादक र गीतकार पनि हुन् । हालसम्म उनले पाँचवटा पुस्तक र १२५ भन्दा बढी लेख प्रकाशित गरेका छन् । उनका केही लेख नेपाल र अमेरिकाका विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् भने डेढ दर्जन गीत बजारमा आइसकेका छन् ।
Sansarko Serofero – Dr. Chandra Giri

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon