Sanjivani – Kalpana Shrestha Kalpapunja

सञ्जीवनी– कल्पना श्रेष्ठ कल्पपुञ्ज

350

Availability: 5 in stock

SKU: Sanjivani Categories: , Tag:

सामान्यरूपले नेपाली आख्यानमा उपेक्षितजस्ती ‘पूजा’ नामकी आवाजविहीन बालिकाको बाल्यकालीन पीडानुभूतिदेखि वैवाहिक एवं राक्षसी यौनहिंसाका आखेटिकक्रम हो- सञ्जीवनी । अन्ततोगत्वा विरोधजन्य निर्णयसहित स्वतन्त्र एकल मातृत्वपूर्ण जीवनका फलकमा विस्तारित छ, यसको कथानक । यस उपन्यासले पुरूषप्रधान समाजका जघन्य पौरूष र नारीका अवस्थिति बयान गरेको छ । अलिकति गाउँ र अलिकति शहरमा फुलेको सञ्जीवनीमा सम्वेदनशीलता, नारीजन्य अस्मिताचिन्तन र समाजबोधको सहज चित्रण भेटिन्छ ।
सरूभक्त
यस उपन्यासकी नायिका जन्मजात विकलाङ्ग भएका कारण उनले शारीरिक र मानसिक तनाव भोग्नु परेको छ । उनी हरहिंसाबाट ग्रस्त छिन् । यस्ता व्यक्तिले समाजमा सबलाङ्गसरह स्थापित भई आत्मनिर्भर हुनपर्छ र अन्य अङ्गमार्फत सिर्जनशील रही सङ्घर्ष गर्नुपर्छ भन्ने प्रेरणादायी सन्देश यो पुस्तकले दिएको छ । समाजमा यस्तै छायामा परेका पात्रको खोजमूलक सिर्जना गर्न उपन्यासकारलाई उत्साह र हौसला मिलोस्, शुभकामना छ ।

गीता केशरी
नारीलाई आधाआकाश भनिए पनि उनका गोलार्धमा पुरूषग्रहण मोचन भएको छैन । यो उपन्यास त्यही ग्रहणस्नान हो । जतिसुकै नारीमुक्तिका राग अलापे पनि विश्वभर नारी विनिमयमा छन् । नारीलाई खेलौनाभन्दा पनि पर गएर उपन्यासको कामुक लम्पटले आफ्नै श्रीमतीलाई भोगमा सापटी दिएको सन्दर्भले पाठकको दिमाग थर्थराउँछ । वाक्शक्तिविहीन नायिका पूजाको सार्थक भूमिकाले नारी जागरण र सञ्चेतनाको शङ्खघोष गरेको यो उपन्यासका हरेक अंशले पाठकलाई रोमाञ्चित तुल्याउँछ ।
भुवनहरि सिग्देल
Sanjivani – Kalpana Shrestha Kalpapunja

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon