पुख्यौली थातथलो नेपाल, जीवन-चक्रमा घुम्दैफिर्दै पुगेको थातथलो भुटान | सेरोफेरोको जागरणकारी वातावरणको प्रेरणा र प्रभावले भुटानवासी अल्पसङ्ख्यक नेपालीभाषीमा स्वतन्त्रता र समानताको चेतना जागृत हुन थाल्नु के थियो, चरम असहिष्णु एवम् नश्लवादी डुक्पा शासक वर्गलाई असह्य भयो । नेपालीभाषी भुटानीहरूलाई देशद्रोही, राजद्रोही र आतङ्कारीको बात लगाइयो । तिनको भाषा र संस्कृति एवम् वस्त्र र धर्मसँगै तिनको जातित्व नै हरण गरियो । पक्राउ र यातना, बर्बरता र बलात्कार तथा । आतङ्क र कोलाहलका बीचमा भुटानी नेपालीभाषीहरू बलात् देशनिकालाको सिकार भए । पुर्खाको देश नेपालमा टेक्ने माटो, हिंड्ने बाटो, गरिखाने इलम र मानवीयताको आश गर्दै ती नेपाल भित्रिए । तर, नेपालमा तिनले न अस्तित्वको आधार पाए, न पाए सम्मान र गरिमा नै । बरू ती त भतुवा भिखारी’ का रूपमा व्यवहार गरिन पो अभिशप्त भए । वनमा नाथे निगुरो र च्याउ टिप्दा तिनले नित्य र निर्घात कुटाइ खाए । आखिरमा अनिश्चय र भय, अपमान र दिग्भ्रम एवम् पीडा र सन्तापका बीचमा तिनले बिरानो दूरदेशबाट अस्तित्वको आधारको आश्वासन पाए । र, लागे, ती मनमा धूमिल आशा र आँखामा बलिन्द्र आँसु लिएर बिरानो दूरदेशको यात्रामा सघन कथानक, चित्रमय वर्णन र उत्सुकतावद्धक नाटकीयताका माध्यमले कर यथार्थको मर्मभेदी अनावरण- बस्, यी हुन् कृष्ण सुब्बाका कथाहरू । खगेन्द्र संग्रौला |
Sanchaman Jyo Jyo – Krishna Subba
Reviews
There are no reviews yet.