Sanatan Dharmama Baliko Apariharyata – Sandeep Sapkota

सनातन धर्ममा बलिको अपरिहार्यता– सन्दीप सापकोटा

350

Availability: 5 in stock

SKU: Sanatan Dharmama Baliko Apariharyata Categories: , Tags: ,

यज्ञमा संज्ञपन गरिएको अर्थात् विधिपूर्वक श्वासनिरोध गरेर प्राणवियोजन गरिएको पशु पशुयोनिबाट मुक्त भएर देवत्वमा पुग्दछ भनेर शुक्लयजुर्वेदका मन्त्रसंहितामा भनिएको छ-
न वा उ एतन् म्रियसे न रिष्यसि देवाँ इदेषि पथिभिः सुगेभिः ।
यत्राऽऽसते सुकृतो यत्र ते ययुस् तत्र त्वा देवः सविता दधातु ॥२३॥१६॥
अर्थात्- हे अश्व, तिमी मर्दा पनि मर्दैनौ र नष्ट पनि हुँदैनौ। तिमी देवताहरूका श्रेष्ठ मार्गबाट देवता भएका ठाउँमा पुग्दछौ । जुन लोकमा पुण्यात्माहरू गएका छन् र जुन लोकमा पुण्यकर्ता बस्दछन्, त्यस लोकमा सविता देवताले तिमीलाई राखून् । (द्रष्टव्य : ऋग्वेद १।१६२।२१, शुक्लयजुर्वेदसंहिता २५।४४, तैत्तिरीयसंहिता ४।६।९।४ र तैत्तिरीयब्राह्मण ३|७|७|१४)
– प्रा.डा. आमोदवर्धन कौण्डिन्न्यायन, शुक्लयजुर्वेदाचार्य
पश्चिमा संसारले राम्रो भनेको कुरालाई राम्रो र नराम्रो भनेको कुरालाई नराम्रो भन्ने परम्परा बस्न गयो । यसको असर सामान्य जनजीवनमा मात्र होइन, धर्मकर्ममा पनि पर्न गयो । पश्चिमाहरूको शक्तिशाली र एकोहोरो प्रचारले गर्दा हाम्रो यहाँ परम्परादेखि चलिआएका चालचलन र रीतभाँत खराब हुन् भन्ने कुरा सर्वसाधारणले ठान्दै गए ।
I
– डा. महेशराज पन्त, इतिहासविद्
सनातन धर्म मास्नलाई सनातनी बन्दोबस्त र विश्वासलाई नै भत्काउनुपर्छ भनेर लागिपर्ने केही तत्त्वहरूले पुराणदेखि लिएर अद्यावधि अभ्यासमा बाँचेको बलिपूजासम्मैलाई विकृत भयो भन्दै त्यसको विरोधमा लाग्न थालेका छन् । पौर ाणिक आदर्शहरूलाई भत्काउन मूल ग्रन्थको यथारूपलाई नै विकृत गर्ने, अनुवादमा अनेकानेक विपरीतार्थी शब्दहरू पेश गर्ने र शास्त्रको प्रमाणप्रमेय भनी प्रस्तुत गर्ने आदि कुचक्रमा ती तत्त्वहरू लागिपरेका छन् ।
• मृगेन्द्रराज सुवेदी, तन्त्रविद्

Sanatan Dharmama Baliko Apariharyata – Sandeep Sapkota

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon