Samjhu Ki Birsu – Nirmohi Vyas

सम्झूँ कि बिर्सू– निर्मोही व्यास

595

Availability: 5 in stock

SKU: Samjhu Ki Birsu Categories: ,

निर्मोही व्यास समकालीन नेपाली साहित्यको निबन्ध विधाका विशिष्ट शिल्पी हुन् … निर्मोही व्यासकृत ‘सम्झँ कि बिसूं’ नेपाली साहित्यको ललित निबन्ध विधाको महत्तम उपलब्धि हो । धेरैजसो बिर्सिइने सामान्य घटना र वार्तालापलाई पनि निर्मोही व्यास बडो सुन्दर गद्यमा प्रतिष्ठा दिन्छन् । मैथिल संस्कृतिका प्रतिनिधि चुल्हा राय र हरिभजनको परिवारसँगको बसउठले त्यस संस्कृतिको सुन्दर पक्षलाई प्रस्तुत गरेको छ भने बेनी बागलुङको पर्वतीय भूगोल र संस्कृतिका प्रतिनिधि स्थल चित्रमय भाषामा बुनिएका छन् । सामान्यको असामान्यता बुझ्न यी संस्मरण औधि सहयोगी छन् भन्ने मैले बुझेको छु । यो आम जनताको अथवा जनसाधारणको इतिहासजस्तै हो, बिर्सिइने साना कुराको अभिलेखन हो र बालकृष्ण पोखरेल र तारानाथ शर्माजस्ता उद्भट विद्वान्देखि राजेन्द्रकी आमाजस्ती सरल ग्रामीण गृहिणीसम्मका गाथाको सङ्ग्रह पनि हो ।
|
– श्यामल
निर्मोही व्यास मेरा मनप्रिय साहित्य-साधक हुन् । कथा, कविता, उपन्यास, नियात्रा, संस्मरण, समालोचना आदि विविध विधामा लेखे पनि उनी मूर्द्धन्य निबन्धकार हुन् । निर्मोहीले आफूलाई नेपाली निबन्ध-साहित्यको एउटा स्वर्णिम चुलीको रूपमा उभ्याएका छन् । उनको गद्यकारितामा सिमसिमे सङ्गीत छ । रजनीगन्धा फूल अनि सुकमेलको सुवास पनि ।
निर्मोहीकृत संस्मरणमाला ‘सम्झँ कि बिसूं’ मा संवेदनाको अथाह सागर छ, नीलकाँडाका सइन अनि अतीतका अटुट भक्कानाहरू छन् । उनले आँसुका अक्षरले यस्ता कोक्काउने घटना, धुजाधुजा भएका सपना अनि मर्मान्तक पीडा र वेदना लेखेको देखेर म पढ्दापढ्दै स्तब्ध भएको छु । र, उनको विनम्रता देखेर पटकपटक कायल भएको छु । मित्रको के कुरा, वैरीलाई पनि साधुवाद टक्र्याउने उनी धन्य छन् !
– राजकुमार बानियाँ
Samjhu Ki Birsu – Nirmohi Vyas

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon